यसपाली बुद्ध जयन्तीमा हुम्लाको ‘रलिङ मेला’ नलाग्ने

यसपाली बुद्ध जयन्तीमा हुम्लाको ‘रलिङ मेला’ नलाग्ने
+
-

सिमकोट– बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमाका दिन लाग्ने हुम्ला जिल्लाकै प्रसिद्ध ‘रलिङ मेला’ यस पटक नलाग्ने भएको छ। जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि उक्त मेला नलाग्ने भएको हो।

पूजारीबाट पूजा गर्ने काम बाहेक अन्य मेला नलाग्ने सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए।

दिन प्रतिदिन जिल्लामा कोरोना संक्रमित बढिरहेका बेला मेलामा मानिसको भीडभाड हुने भएपछि मेलामा रोक लगाइएको हो। .

बौद्ध धर्मालम्बीहरुको गुम्बामा पूजाआजा हुने भएपनि पूजा गर्न र रमाइलो हेर्न सबै समुदायका मानिस जाने गर्छन् र तर यसपाली गुम्बाका पूजारी बाहेक अन्य कोही पनि मानिस नगएको प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले बताए।

बिहानैबाट मेला लाग्ने गुम्बाको क्षेत्रतर्फ मानिसको आवतजावत रोक्नका लागि प्रहरी गस्तीमा भएपनि कोहीपनि त्यसतर्फ नगएको उनले बताए। कोही मानिस अटेर गरी गुम्बा जान खोजे प्रहरीले राक्ने भएको छ। यसवर्ष पूजा हुने तर मेला भने नलाग्ने उनले बताए।

केहीदिन अगाडि जिल्ला कोभिड संक्रमण व्यवस्थापन कमिटीको बैठकले सो मेला राक्ने निर्णय गरेको थियो। टाढा–टाढाबाट मानिसहरु गुम्बाको दर्शन गर्न र रातभरि रमाइलो हेर्नका लागि ठूलो संख्यामा रलिङ गुम्वामा एक रात बिताउने गरी जान्थ्ये।

कोरोना संक्रमण नआउनु अगाडि सो मेला हेर्न मानिसहरु हेलिकोप्टरमा समेत जाने गर्थे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?