
सिमकोट – बजारमा खाने तेलको मूल्य पून वृद्धि भएको छ।
व्यापारीले तेलको मूल्य नेपालगञ्ज र सुर्खेतमा वृद्धि भएको बताउँदै हुम्लामा पनि वृद्धि गरेका हुन्।
एक हप्ताअगाडि प्रतिलिटर २९५ रुपैयाँ पर्ने स्वस्तिक तेलको मूल्य हाल बजारमा प्रतिलिटर ३४० रुपैयाँ पर्न थालेको उपभोक्ता सुनमति सिंहले बताइन्।
त्यसअघि सो तेलको मूल्य प्रतिलिटर २८० रुपैयाँ पर्ने गथ्र्यो। मूल्यवृद्धि भएपछि प्रतिलिटर साठी रुपैयाँ वृद्धि भएको छ। व्यापारीले तेलको मूल्य वृद्धिको चित्तबुझ्दो जवाफ नदिए पनि खरिदमा मूल्य वृद्धि भएपछि बजारमा तेलको मूल्यमा वृद्धि भएको जवाफ आउने गरेको उनले बताइन्।
त्यसैगरी धारा तेलको मूल्य पनि प्रतिलिटर ४२० रुपैयाँ पुगेको छ। एकतिर डिलरमै तेलको मूल्य वृद्धि भएको र अर्कोतिर निषेधाज्ञाको कारण तेल लगाएका दैनिक उपभोग्य सामान पैदलमार्गबाट नभई महँगो हवाई ढुवानी गरेर ल्याउनुपरेपछि तेलको मूल्य स्वाभाविक वृद्धि भएको होलसेल व्यापारी खुमबहादुर रावतले बताए।
सबैतिर चाप भएपछि हुम्लामा पनि तेलको मूल्य वृद्धि हुनु स्वाभाविकै भएको उनले बताए।
उक्त तेल पैदल मार्गबाट ढुवानी भएको भए कम पर्ने गथ्र्यो । यो अवधिमा खाने तेल प्रतिलिटर २० प्रतिशतसम्म्म वृद्धि भएको देखिन्छ।
निषेधाज्ञाकै अवधिमा हवाईमार्गबाट तेल ढुवानी नहुँदा बजारमा अभाव भए पनि अहिले भने मूल्य बढी परेपछि समस्या भने देखिएको छैन।