हुम्लामा कोरोना संक्रमित १६८ पुगे

हुम्लामा कोरोना संक्रमित १६८ पुगे
+
-

सिमकोट – पछिल्लो पटक जिल्लामा १३ जनाको कोरोना परीक्षण गर्दा दुई जनामा पोजिटिभ देखिएपछि जिल्लामा संक्रमित संख्या १६८ पुगेको छ।
सर्केगार्ड र जिल्ला अस्पतालमा गरिएको परीक्षणमा संक्रमितको संख्या वृद्धि भएको हो।

हालसम्म जिल्लामा एक हजार एक सय ५५ जनालाई परीक्षण गर्दा १६८ जनालाई कोरोना पुष्टि भएको अस्पतालका फोकल पर्सन भक्ति फडेराले बताए।

त्यसमध्ये एक जनाका मृत्यु भएको छ भने एक जनालाई श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।

पछिल्लो परीक्षण रिपोर्टअनुसार सातमध्ये ६ वटा गाउँपालिकामा फैलिएको कोरोना संक्रमण दुई गाउँपालिाकमा परीक्षण गर्दा दुई जना थपिएका छन्।

कुल संक्रमितमध्ये सिमकोट गाउँपालिका र अस्पतालमा गरिएको छुट्टै परीक्षणमा संक्रमितको संख्या ३७ पुगेको छ। खार्पुनाथमा १३ जना, सर्केगार्ड गाउँपालिकामा २९ जना, चंखेली गाउँपालिकामा ३६ जना, अदानचुली गाउँपालिकामा २० जना र ताँजाकोट गाउँपालिकामा ३३ जनामा पुष्टि भएको छ।

अब जिल्लाका ६ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमकोटस्थित रानीवनको आइसोलेसन वार्डमा गरी ७५ जना रहँदै आएका छन्।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। ९३ जना कोरोना जितेर घर फर्किसकेका छन् । कोरोनाको दोस्रो स्वरुप नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा पहिलो पटक वैशाख १९ गते पुष्टि भएको थियो।

त्यसयता दैनिक रूपमा स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाले कोरोना परीक्षण गर्दा बिरामीको संख्या बढी रहेको जनाएको छ।

जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना फैलने दर तीव्र रूपमा वृद्धि भएको छ। अब उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका मात्र कोरोना संक्रमणबाट अछुतो छ।

दुई पटक उक्त गाउँपालिकामा परीक्षण गर्दा रिपार्ट नेगेटिभ आएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष