
काठमाडौँ- फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट दुई वर्षका लागि सस्पेन्ड गर्ने निर्णय गरेको छ। ट्रम्पले क्यापिटल हिलमा गत जनवरी ६ मा भएको हिंसा भड्काएको पुष्टि भएपछि फेसबुकले उनको एकाउन्ट सस्पेन्ड गरेको हो।
यो अवधिमा नागरिक सुरक्षामा खतरा हटेको वा नहटेको भनी हेर्ने फेसबुकका विश्व मामिलाका उपाध्यक्षले लेखेका छन्।
जनवरी ६ मा चुनावमा धाँधली भएको भन्दै अमेरिकाको वासिङ्टन डिसीमा डोनाल्ड ट्रम्पको समर्थनमा निस्केको जुलुस क्यापिटल हिलतर्फ अघि बढ्दा हिंसा भड्केको थियो। उक्त हिंसालाई ट्रम्पले उक्साएको आरोप लागेको थियो। उक्त घटनामा पाँच जनाको ज्यान गुमेको थियो।