‘एलियन यानको प्रमाण भेटिएन, तर सम्भावना भने अस्वीकार गर्न सकिँदैन’

‘एलियन यानको प्रमाण भेटिएन, तर सम्भावना भने अस्वीकार गर्न सकिँदैन’
+
-

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले गरेको अध्ययनबाट नेभी पाइलटहरुले हालका वर्षहरुमा देखेको आकाशीय गतिविधि एलियनका यान हुन् भन्ने कुनै प्रमाण नभेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

तर असमान्य खालका यानको उडान तथा आकाशीय गतिविधिहरुलाई स्पष्ट रुपमा परिभाषित पनि गर्न नसकिने गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदनमा एलियन यानबारे कुनै ठोस प्रमाण नभेटिएको उल्लेख भए पनि सम्भावनालाई अस्वीकार भने गरिएको छैन।

पछिल्लो दुई दशकमा भएका १२० भन्दा बढि यस्ता गतिविधिहरु मध्ये अधिकांश अमेरिकी सैनिक वा उच्च क्षमतायुक्त प्रविधिका कारण नभएको प्रतिवेदनमा उल्लेख रहेको द न्यूयोर्क टाइम्सले जनाएको छ। नेभी पाइलटहरुले असामान्य खालको विमान या यान देखेको बताउने गरेका छन्।

अध्ययन प्रतिवेदन जुन २५ सम्म अमेरिका संसदलाई प्रदान गर्ने तयारी रहेको उच्च अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले खबर प्रकाशित गरेको छ।

शीर्ष अधिकारीहरुलाई अध्ययनमा संलग्न गुप्तचर अधिकारीहरुले गरेको ब्रिफिङ्गमा सैनिक पाइलटहरुले आकाशमा देखेको गतिविधि एलियन यान हुने सम्भावना नकार्न भने नसकिने उल्लेख छ।

अति तीव्र गतिमा दिशा परिवर्तन गर्न हुने आकाशीय गतिविधिहरुबारे अध्ययन गर्न निकै कठिन हुने गरेको छ । केही अध्ययनहरुले सम्भावित एलियन यानहरु भनिएकाहरु मौसमी गतिविधिका कारण सिर्जना भएको कुनै विशेष प्रकारको अवस्था वा प्रणाली हुन सक्ने पनि बताउने गरेका छन्। तर स्पष्ट भने केही भएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?