हुम्लामा असार २ गतेसम्म थपियो निषेधाज्ञा

हुम्लामा असार २ गतेसम्म थपियो निषेधाज्ञा
+
-

सिमकोट– हिमाली जिल्ला हुम्लामा असार २ गतेसम्म निषेधाज्ञा बढाइएको छ। गाउँपालिकास्तरमा कोरोना परीक्षण गर्दा संक्रमित देखिरहेका कारण अहिले जारी रहेको निषेधाज्ञालाई आगामी असार २ गतेसम्म बढाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

निको हुने दर बढिरहेको भएपनि कोरोना जोखिम हटिनसकेका कारण निषेधाज्ञालाई जारी राख्नु परेको उनले बताए। मंगलबार बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेबाट समाप्त हुने निषेधाज्ञाको अवधि थप्ने निर्णय गरेको हो।

निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारीसाधन, खाद्यान्न बोकेका सवारीसाधन सञ्चालनमा आउन पाउनेछन्। त्यसैगरि अनुमति लिएर निर्माण सामाग्री बोकेका सवारीसाधन पनि सञ्चालन हुन पाउनेछन्।

सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालनमा आउने र बैंकहरु बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सञ्चालनमा आउनेछन्।

नेपालगंज र सुर्खेतबाट गत वैशाख १९ गते भित्रिएका आठ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि हुम्लामा निषेधाज्ञा जारी गरिएको थियो।

हवाई मार्गबाट खाद्यान्न, कार्गो र विकास निर्माणका सामानहरु ढुवानी गर्न पाइने छ। यो अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ , औषधि पसल, बैंकका एटिए सेवा भने सुचारु रहने छन्।

त्यसैगरि जनस्वास्थ्य मापदण्डको अनिवार्य पालन गरी दैनिक उपभोग्य बस्तु (तरकारी, खाद्य, दुध, ग्यास)का पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ।

यो अवधिमा हवाई मार्गबाट यात्रुहरु भने आउन पाउने छैनन्। जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाकासमेत सिल गरिएको छ। हुम्ला जिल्लामा गत वैशाख २१ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष