एमाले एकता वार्तामा भीम आचार्यको इन्ट्री

एमाले एकता वार्तामा भीम आचार्यको इन्ट्री
+
-

काठमाडौँ- एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीचको अनौपचारिक वार्तामा पहिलोपटक भीम आचार्यको इन्ट्री भएको छ।

आचार्य पहिलोपटक यस्ता वार्तामा सहभागी भएका हुन्।

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकमा पार्टी एकताका लागि पहल जारी राख्नुपर्ने धारणा राखेका भीम आचार्य अनौपचारिक वार्तामा जोडिएका हुन्।

‌‌ओली पक्षले भीम रावललाई कारबाही गरेपछि उनी वार्तामा सहभागी भएका छैनन। यद्यपि एमाले एकता कार्यदलको औपचारिक बैठक भने लामो समयदेखि बसेको छैन। ललितपुरको समिट होटलमा मंगलबार जारी बैठक अनौपचारिक रुपमै अघि बढिरहेको छ।

वार्तामा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् भने विद्रोही पक्षबाट भीम आर्चाय, गोकर्ण विष्ट, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे संलग्न छन्।

प्रधानमन्त्री ओलीले जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले यसअघि नै अश्वीकार गरेपछि पार्टी एकतालाई लिएर पनि वार्ताको प्रयास जारी राखिएको हो।

यो पनि पढ्नुहोस्

एमाले एकता प्रयास जारी, ओली र नेपाल पक्षबीच समिट होटलमा एक घन्टादेखि वार्ता

एमाले एकता प्रयास जारी, ओली र नेपाल पक्षबीच समिट होटलमा एक घन्टादेखि वार्ता

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?