गुणस्तरहीन दाना उत्पादन गर्ने अन्‍नपूर्ण एग्रोमाथि मुद्दा दायर

+
-

भैरहवा-अन्‍नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो।

एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्ने गर्दछ । उत्पादित दाना मापदण्डभन्दा कमसल भएपछि कारबाहीका लागि मुद्दा दायर गरिएको क्षेत्रीय कार्यालय भैरहवाले जानकारी दिएको छ ।

यस एग्रोले अन्नपूर्ण प्लेट फिड, कोपिला प्लेट फिड र उर्बार प्लेट फिड ब्राण्डका दाना उत्पादन गर्दछ । उद्योगमा उत्पादन भएका दाना काठमाडौँ, पोखरा, चितवन, हेटौँडा, रुपन्देहीलगायतका जिल्लामा जाने गरेको छ ।

देशका विभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहीन देखिएपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा मारी गुणस्तरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपालको कानूनमा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवानाका साथै एक वर्षसम्मको कैदको व्यवस्था गरेको छ भने यसै कसूरमा कालोबजारी ऐनअनुसार दुई वर्षसम्मको कैद हुने प्रावधान रहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को वैशाखसम्म क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले १० वटा उद्योगलाई गुणस्तरहीन र लेबल बिनाको पाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरेको छ ।

गुणस्तरहीन उत्पादन गरेको र लेबल नलगाएका २५ वटा उद्योग अनुसन्धानको प्रक्रियामा रहेको कार्यालय प्रमुख हस्तबहादुर राईले जानकारी दिए।

राईकाअनुसार रुपन्देही, तनहुँ र पोखराका उद्योग कारबाहीका लागि मुद्दा दायर गरिएको, दुई दर्जन उद्योग अनुसन्धानको प्रक्रियामा रहेको र बजार अनुगमनलाई तीब्रताका साथ अगाडि बढाइएको छ।

कार्यालयले रुपन्देहीमा सञ्‍चालित प्रसिद्ध वाटर इन्डस्ट्रिज, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाइनरी तथा आयल इन्डस्ट्रिज, दुर्गा मोर्डन आयल मिल, साई प्याकेजिङ उद्योगलाई समेत कारबाहीका लागि मुद्दा दायर गरेको खाद्य अधिकृत नीरज कटुवालले जानकारी दिए।

कार्यालयले सुजल डेरी प्रालि पोखरा र प्रेमबहादुर गुरुङ टेड्रस तनहुँमाथि समेत मुद्दा दायर गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?