कास्कीका प्रहरी प्रमुख श्रेष्ठ भन्छन्- निषेधाज्ञामा हिँडेकाले गणेश लामालाई नियन्त्रणमा लिइएको हो

कास्कीका प्रहरी प्रमुख श्रेष्ठ भन्छन्- निषेधाज्ञामा हिँडेकाले गणेश लामालाई नियन्त्रणमा लिइएको हो
+
-

काठमाडौं- कास्की प्रहरी प्रमुख जिवनकुमार श्रेष्ठले निषेधाज्ञाका बेला हिँडेकाले चर्चित गुन्डा नाइके गणेश लामालाई नियन्त्रणमा लिइएको बताएका छन्।

वडा प्रहरी कार्यालय बैदामको टोलीले लामालाई नियन्त्रणमा लिएको हो। श्रेष्ठले लामा अहिले वडा प्रहरी कार्यालय बैदाममै रहेको बताए।

‘ निषेधाज्ञाको समयमा  हिँडेको पाइएपछि प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको हो’, श्रेष्ठले भने। यता वडा प्रहरी कार्यालय बैदामकी प्रमुख चिनिमाया तामाङले सवारी चेकिङका क्रममा लामासँग बुधबारको मात्र पास भेटिएपछि कार्यालय ल्याएर बुझ्ने काम भइरहेको बताए।  प्रदेश-४ का सांसद दीपक मनाङ्गेलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबारका लागि तय भएको  विश्वासको मतमा अनुपस्थित गराउन लामाको भूमिका रहेको आरोपमा प्रहरीले उनलाई ‘माथीको आदेश’मा नियन्त्रणमा लिएको बुझिएको छ।

मनाङ्गे बुधबार मुख्यमन्त्री गुरुङलाई मत नदिने भन्दै बेपत्ता भएका थिए। बिहीबार विश्वासको मत गुमाएपछि गुरुङको सरकार ढलेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष