म कामको हेभीवेट हुँ- सिचाइ मन्त्री गौतम

म कामको हेभीवेट हुँ- सिचाइ मन्त्री गौतम
+
-

काठमाडौँ- सिचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रियसभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताए।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्नेमा जोड दिए।

मन्त्री गौतमले समानुपातिक–समावेशी सिद्धान्तका आधारमा एकल संक्रमणीय व्यवस्थाअनुसार अध्यादेश ल्याइएको बताउँदै राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उहाँको भूमिकामा टिप्पणी गर्नु अमर्यादित हुने विचार व्यक्त गरे।

काँग्रेस र एमाले बीच राजनीतिक दूरी बढिरहेको अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी भूमिका खेल्नुपर्छ, उहाँले भन्नुभयो, “विशेषगरी सरकार र दलबीच संवाद सञ्चालन गर्न उहाँको भूमिका यतिबेला खाँचो छ।’

मन्त्री गौतमले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले उनीहरुले सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै ‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यहीअनुसारको तयारी गर्नुपर्छ” भने।

संस्थागतरुपमा काँग्रेस सञ्चालन हुन नसक्दा पराजय भोग्नु परेको छ, उनले भने, ‘अहिलेको परिणामले हामीलाई स्तब्ध बनाएको छ, यसको समीक्षा गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्छ।’

मन्त्री गौतमले निर्वाचनमा आफ्नो क्षेत्रका जनताले कामको हेभीवेटलाई विश्वास गरेको बताउँदै ‘मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा शुरुदेखि नै विश्वास थियो, नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?