
सिमकोट – हुम्लामा पहिलो पटक व्यवसायिक लसुन खेती सुरु गरिएको छ। लसुनको उत्पादन राम्रो हुने र आम्दानी पनि हुने भएपछि यसको व्यवसायिक खेती सुरु गरिएको हाे।
चार रोपनी जग्गामा पहिलो पटक लसुन खेती सुरु गरेको सिमकोट गाउँपालिका– ३ को लाङ्दु गाउँका छिमेल लामाले बताए।
यसअघि थोरै लगाउँदा उत्पादन राम्रो हुने देखिएपछि अन्य बाली लगाउने जग्गामा लसुन लगाएको र खेती पनि राम्रो भएको उनले बताए।
आफु लसुन खेतीबाट सन्तुष्ट रहेकाे लामाले बताए।
बेराजगार भएर बस्नु भन्दा केही काम गर्ने साेचका साथ लसुन खेतीमा लागेको उनले बताए।
उत्पादन भएको लसुन बिक्री हुँदैन कि भन्ने चिन्ता पनि नरहेकाे उनले बताए।
किसानहरु व्यवसायिक लसुन खेतीमा लागेपछि अब स्थानीय उत्पादनले नै माग धान्ने देखिएकाे छ।
नेपालगञ्जबाट हवाई मार्ग हुँदै आयात हुने लसुनको मूल्य प्रतिकेजी चार सय रुपैयाँ पर्ने गर्छ। तर जिल्लामै उत्पादन भएको लसुनको मूल्य पनि सस्तो र स्थानीयले काम पनि पाउँदा दुवैतर्फ फाईदा हुने देखिएको कृषि प्राविधिक नेत्र शाहीले बताए।
हुम्ला जिल्ला लसुन खेतीका लागि निक्कै उपयुक्त देखिएकोले किसानलाई आकर्षित गर्न सके आम्दानी बढाउने सकिने उनले बताए।