मिट ग्रुप फाउन्डेसनद्वारा हुम्ला जिल्ला अस्पताललाई २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

मिट ग्रुप फाउन्डेसनद्वारा हुम्ला जिल्ला अस्पताललाई २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग
+
-

हुम्ला– काठमाडौँको मिट ग्रुप फाउन्डेसनद्वारा स्वास्थ्य सेवा कार्यालयमार्फत जिल्ला अस्पताललाई २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरिएको छ।

कोरोना संक्रमणका बिरामीलाई उपचारमा सहयोग पुगोस् भन्नका लागि पहिलो पटक ठूलो संख्यामा कन्सन्ट्रेटर सहयोग उपलव्ध भएको हो।

शेष घले फाउण्डर रहेको मिट ग्रुप फाउन्डेसनले हुम्ला अस्पताललाई २० वटा अन्सिजन कन्सन्ट्रेटर सहयोग गरेको फाउन्डेसनका हुम्ला संयोजक राजबहादुर लामाले बताए।

कोरोना संक्रमणका बिरामीलाई उपचारमा सहयोग पुर्याउनका लागि फाउन्डेसनद्वारा यी सामग्री सहयोग स्वरुप प्रदान गरिएको उनले बताए।

अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालय र कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीको संयोजनमा जिल्ला अस्पताललाई उपलब्ध भएका हुन्।

सीमित कन्सन्ट्रेटरबाट संक्रमितको उपचार गर्नु परिरहेका बेला विकट जिल्लाका लागि ठूलो संख्यामा सहयोग स्वरुप उपलव्ध भएका अक्सिजन कन्सन्ट्रेटरले उपचारमा महत्वपूर्ण सहयोग पुग्ने जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए।

कोरोना संक्रमणले गम्भीर खालका बिरामी बढेका बेला अक्सिजन दिनुपर्ने १५ जनाभन्दा बढी बिरामी देखिए कठिनाइ हुने अवस्थामा अहिले सहयोगका रुपमा थपिएका कन्सन्ट्रेटरले अब जिल्ला अस्पतालले ३५ जनासम्म बिरामीलाई एक पटकमा उपचार गर्न सकिने उनले बताए।

यसअघि अस्पतालसँग भएको कन्सन्ट्रेटरभन्दा बढी क्षमताका छन्। प्रतिएकाइ डेढ लाखसम्म मूल्य पर्ने यी कन्सन्ट्रेटर काठमाडौँबाट नेपालगञ्ज हुँदै सिमकोटसम्म ढुवानीमा भने स्वास्थ्य सेवा कार्यालयले खर्च गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष