
सिमकोट– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शनिबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, गरिबी न्यूनिकरण तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणलाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रीत र कर्णालीको गरिबीलाई न्यूनिकरण गर्न आधार सिर्जना गरिने खालको नीति तथा कार्यक्रम ल्याइएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बताए।
वर्तमान अवस्थामा कोरोना नियन्त्रण गर्नु प्रमुख दायित्व भएकोले त्यसलाई प्राथमिकतामा राखिएको मन्त्री शर्माको भनाइ छ।