चलचित्र समीक्षा

समय बिताउन यस्सै बनाएको कथाजस्तै कोहलपुर एक्सप्रेस

समय बिताउन यस्सै बनाएको कथाजस्तै कोहलपुर एक्सप्रेस
+
-

काठमाडौँ – भट्टीमा बियर खाँदै गरेका तीन युवा रक्सीको नसामा योजना बनाइरहेका छन्, एकदमै खास ।

उनीहरु बीचको संवादले उनीहरुको बेरोजगारी र पैसाको आवश्यकता बुझाउँछ । मेहेनत गरेर थोरै थोरै कमाउनु भन्दा कमाइको बाटै बंगाएर झ्याप्प पैसा हात लगाउने दाउ खोजिरहेका छन् उनीहरु । तर भनेको जस्तो कहाँ हुन्छ र !

योजना गरेअनुसारको काम सुरु हुन केही दिन मात्र बाँकि छ तर आजै योजनाका एक विशिष्ट पात्रको पेटमा समस्या आउँछ । अब उनी योजनामा काम नलाग्ने भए ।

यस्तै योजनाका अर्का हर्ताकर्ता युवालाई भैसीँले बेस्सरी टोकिदिन्छ दाँत गाडेर । घाउँ सारै गहिरो भो अस्पताल नै पुर्‍याउनुपर्ने । उनलाई उपचार गर्न गाडीमा हालेर लैजाँदै गर्दा सिट बेल्ट नलगाएका अर्का पात्र गाडीबाट लड्छन्, पूरै अनुहारको उपचार गर्नुपर्ने गरी ।

योजनाका तीन विशेष पुरुष पात्रहरु बेकामका भएपछि महिला पात्रको पालो आउँछ । जुनकिरीको भूमिकामा रहेकी केकी अधिकारी, गर्भवति महिला चम्पाको भूमिकामा रहेकी प्रियंका कार्की र तिर्सना पात्रको प्रतिनिधित्व गर्ने ऋचा शर्मा ।

कथा हो गरीब नागरिक जसलाई पैसाको धेरै खाँचो छ । उनीहरुले कमाइको भाडो छलकपटलाई बनाएका छन्, बालकको अपहरण गर्ने र माडबारी व्यापरी रवीन्द्र झाको छोरालाई माध्यम बनाएर पैसा असुल्ने ।

चलचित्रका पात्रको कुरा गरौँ, पुरुष कलाकारको संख्यामा धेरै उपस्थित भए पनि चलचित्रभरि मुख्य भूमिकामा महिला पात्र छन् । प्रियंका कार्की कडा स्वभावकी गर्भवति महिलाको भूमिकामा छिन्।

उनका पति बनेका छन् बुद्धि तामाङ, श्रीमतीसँग डराउने । प्रियंकाको देवर बनेका विनोद न्यौपानेलाई प्रस्ट बोल्न समस्या छ । लामो टुप्पी पालेको बुद्धि तामाङका सालो चतुर्‍याईँ गर्न जान्दैनन् । सवारी साधन चलाउन जान्ने केकी अधिकारीलाई अलि गम्भिर अलि सोझी केटीको रुपमा देख्न सकिन्छ ।

सामान डेलिभरी गर्ल केकीलाई सुन्नमा समस्या छ । हास्यकलाकार रवीन्द्र झा धनि व्यापारी बनेका छन् भने ऋचा शर्मा बाल बलाकार कुशल भट्टराईको आमाको भूमिकामा छिन् ।

यी सबैको एकै लक्ष्य छ व्यापारीसँग पैसा हडप्ने । बालक अपहरण गरेर पैसा लिएको विषयवस्तुको सेरोफेरोमा चलचित्र घुमेको छ । बालक अपहरण गर्ने देखि पैसा असुल्ने काम सम्मको सबै काम गर्ने केकी सोझी तर चलाख देखिएकी छिन् ।

योजना बनाएर सबैलाई काममा लगाउने प्रियंका छिन्, काम पुरा गर्ने केकी र रिचाले फिरौति रकम माग्नको लागि गरेको भूमिकाले चलचित्रलाई महिला प्रधान बनाएको छ । पुरुष पात्रले सहयोगीको भूमिका राम्ररी निभाएका छन् ।

राम्रो अभिनय गर्नेमा नाम कमाएका नायिकाहरु नै चलचित्रमा छन् । रवीन्द्र झा र बुद्धि तामाङको अभिनयको प्रशंसा गरिरहन नपर्ला । कथावस्तु अनुसार न्याय गर्न खोजिएको छ । दुईघण्टाको समयमा धेरै ठाउँमा हाँस्न पाइन्छ ।

चलचित्रले समाजमा भएका विभिन्न चरित्रका मानिसको चित्रण गरेको छ । सबैलाई काम लगाएर फाईदा लिने खोज्ने व्यक्ति चलचित्रमा प्रियंका, जसले जे भन्यो त्यहि तालमा दौडने बुद्धि तामाङ र उनका साला अनि भाइ, सहयोगी मन भएकी जिम्मेवार जुनकिरी, आफ्नो मात्र भलो चाहने व्यापारी, तिनीहरुको ठग प्रहरी र राजनीतिक व्यक्तिसँगको मिलेमतो, प्रहरीको गैर जिम्मेवारीपन, यस्तै ठूला औधामा रहेका व्यक्तिको बाहिरको महिलासँगको अवैधानिक सम्बन्ध र यही सम्बन्धको आडमा बाँच्ने महिला, जो व्याल्कमेल गरेर आफ्नो जीविको चलाउछन् । सम्बन्धमा हुने धुत्र्याई, अविश्वास र छलकपट चलचित्रले देखाउन खोजेको विषयवस्तु हो ।

तर न त कथा नयाँ हो न त माथिका यि विषयवस्तु । चलचित्रले सामाजिक विषयवस्तुको सेरोफेरोलाई उजागर गर्ने हो । कोहलपुर एक्सप्रेसले बोकेको सामाजिक विषयवस्तु धेरै वर्ष अगाडि बनेको भारतीय चलचित्र मुम्बई एक्सप्रेससँग प्रेरित छ ।

नक्कल किन नभनेको भने नि, मुम्बई एक्सप्रेस पुरुषप्रधान छ, कोहलपुर एक्सप्रेस महिला, बच्चा अपहरण गर्न अपनाइएको प्रविधिमा पनि धेरै वर्ष पहिला बनेको चलचित्र भएपनि उनीहरु एडभान्स छन् । यहाँ हाम्री नायिकाले मोटरसाइकलमा बालक अपहरण गर्छिन् तर मुम्बई एक्सप्रेसमा क्रेनले आकाशमा उडाएर अपहरण गरेको छ बालकलाई ।

कोहलपुर एक्सप्रेसमा रोचक त के छ भने बालक आफै अपहरणमा सहभागी हुन्छन्, र अपहरणकारीलाई फिरौती रकम लिनलाई सिकाउछन् । फिरौती रकम लिने कुरा इत्यादि ठ्याक्कै त मिल्दैन । त्यसैले प्रेरित मात्र भनौँ ।

अब कोहलपुर एक्सप्रेसभित्रको कुराकानी गरौँ । भैसीँले टोक्नु र टोकेर गम्भीर घाइते हुनु, अस्पतालमा अपहरणको योजना गर्नु, अपहरित बालक अपहरण कर्तासँगै मिल्नु अनि बालक अपहरण भएको खबर आएपछि विद्यालयमा परीक्षण नै नगरी पैसा बुझाउन जानु अलि असाधारण परिस्थिती जस्तो लाग्छ ।

यस्तो विचारलाई अझै बलियो बनाउने आधार रिचा शर्माको अभिनय पनि हो । सामाजिक सञ्जालमा एकदमै चर्चा कमाएकी तिर्सना बुढाथोकीको हाउभाउ समातेर ऋचा पर्दामा देखिएकी छिन् ।

उनको यो काम अभिनय कम नाटकीय धेरै देखिन्छ । हुन त कलाकारले सबैखालको पात्र बन्न सक्नुपर्छ भन्ने हो, तिर्सना उर्फ तृष्णाको भूमिकामा उभ्याउन ऋचाले मेहेनत त धेरै गरेकी होलिन्, तर पात्रलाई न्याय कत्तिको दिइन् भन्ने कुरा हो ।

चलचित्रले समातेका केही विषयवस्तुलाई सामाजिकीकरण गर्न सकिए पनि यसलाई चलचित्र हो र यो हेर्दा हाँस्न पाइन्छ भन्ने सोचेर हल छिर्दा राम्रो हुन्छ ।

चलचित्रमा केकीले फिरौती रकम माग्दा र लाइसेन्स जाँच गर्दा देखाएको उनको व्यवहारले उनलाई निर्दोष त देखाएको छ तर यसलाई कतिसम्म साधारण मान्ने दर्शक आफैले निर्धारण गर्छन् । चलचित्रमा भिडियोसहितको दुईवटा गीत छन्, काउ गीत र अब मनसँग मन, जुन सान्दर्भिक र राम्रा छन् ।

समंग्रमा नेपाली चलचित्रको निर्माण गर्दा कथाको नक्कल गर्ने परम्पराबाट चलचित्र पर हुन सकेको छैन । चलचित्रको अन्त्यमा केकीले सबैलाई आफ्नो काम बराबरको हिस्सा दिन्छिन् ।

सन्तानले दु:ख नपाओस् भन्ने सोचेर फटाहा काम सोच्ने प्रियंकाको मन पनि बदलिन्छ । देखाउँदा तत्कालको लागि सबैको समस्या समाधान भएको देखिन्छ, तर इमान्दार चोरले सबैको हराइदिएको दु:ख फेरि फर्केला नफर्केला त्यो चाँही कोहलपुर एक्सप्रेसको अर्को भाग आयोभने थाहा हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?