
सिमकोट – दुवै खुट्टा भाँचिएका हुम्लाका एक बालककाे हवाइजहाजमार्फत उद्दार गरिएकाे छ।
आर्थिक अभावले उपचार हुन नसकिरहेका बेला सहयाेग जुटाएर उनकाे उद्दार गरिएकाे हाे।
सिमकाेट गाउँपालिका वडा नम्बर ७ का १२ वर्षीय युद्ध शाहीकाे शनिबार माथिबाट खसेकाे माटाेकाे ढिस्काेमा परी दुवै खुट्टा भाँचिएकाे थियाे।
उनकाे उपचारका लागि सहयाेग जुटाएर हवाइजहाजमार्फत सुर्खेत पठाइएकाे प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
सीता एयरले बिरामी बालक र उनको हेरचाह गर्नको लागि सिमकोट देखि सुर्खेतसम्म हवाई टिकट निशुल्क गरेको उनले जानकारी दिए।
त्यसै गरि प्रदेश सुर्खेत अस्पतालले आर्थिक अवस्था कमजोर भएको बालकको उपचार निशुल्क गर्ने बताइएकाे छ।
उनकाे उपचारका लािग हुम्लामा पनि व्यक्ति तथा संस्थागत रुपमा एक लाख रुपैयाँ संकलन भएकाे छ।
बालकका बुवाकाे मृत्यु भैसकेकाे छ भने आमाले अर्कैसँग विवाह गरेकी छिन्। उनी १४ वर्षकी दिदीसँग बस्दै आएका थिए।