
काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा बसेको सिन्धुपाल्चोकको सर्वपक्षीय बैठकले पीडितहरुलाई राहत वितरण गर्न इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन समिति गठन गरेको छ।
जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन लामा, पापाँचपोखरी थाङपाल गाउँपालिका प्रमुख टासी लामा र इन्द्रावती गाउँपालिका प्रमुख वसलाल तामाङ सदस्य छन्।