
सिमकोट- नाम्खा गाउँपालिका- ६ मा पर्ने हिमालपारीको मिलीको हल्जी गाउँमा जिर्णो अबस्थमा रहेको गुम्वाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । पुरातात्विक र ऐतिहाँसिक महत्वको उक्त गुम्वा जिर्ण भएपछि मर्मत कार्य गरिएको हो ।
एक हजार दुई सय वर्ष पुरानो एीतहाँसिक महत्व बोकेको हल्जी गुम्वाको मर्मत कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । काठ धेरै प्रयोग भएको उक्त गुम्बाको काठ फेर्ने, भित्रि चोकमा ढुङ्गा बिछ्याउने लगाएतका काम अन्तिम चरण पुगेको हो । आवश्यक काठ सल्ली खोलाबाट दुई दिनको बाटो हिँडेर लगिएको थियो।
गुम्बा जिर्ण भएपछि गत असोजमा पुर्व मन्त्रीसमेत रहेका कर्णाली प्रदेश सभाका सदस्य जीवन बहादुर शाहीसँग गुम्बाका टोपे र लामाहरुले मर्मतका लागि माग गरेका थिए । सोही अवसरमा पुर्बमन्त्री शाहीले कर्णाली प्रदेश सभाका सदस्यहरुका लागि सरकारले विनियोजन गरेको प्रदेश पुर्वाधार बिकास कार्यक्रमबाट आवश्यक रकम छुट्याइने प्रतिबद्धता व्यक्त गरेका थिए।
धार्मिक, ऐतिहाँसिक र पुरातात्कि महत्वको हल्जी गुम्वाको मर्मतका लागि २५ लाख बजेट छुट्याइएको थियो।