काठमाडौं- पहिलो पटक आयोजना भएको पुँजीबजार प्रदर्शनीले बिभिन्न एक्स्पो र प्रदर्शनी हुने भृकुटीमण्डपको चलहपहल बढाएको थियो। सेयर कारोबार हुने समयमा पनि सेयर लगानीकर्ता प्रदर्शनीमा आयोजना स्थलमा भईरहेका अन्तर्किया व्यग्रता साथ सुनीरहेका थिए।
छलफल सुन्नेमा विद्यार्थी, सेयर बजारका बारेमा चासो भएका र नभएका पनि धेरै थिए।
नेपाल धितोपत्र बोर्डका अधिकारी अपेक्षा गरे भन्दा निकै धेरै मानिसहरु आएको भन्दै उत्साहित थिए। बोर्डका प्रवक्ता निरज गिरिले भने, सुरुमा अन्तर्किया सेसन राख्ने नि नराख्ने दुविधा थियो तर अहिले यहाँको सहभागीता हेर्दा निकै उत्साहित भएका छौं।
प्रदर्शनी भेटिएका मानिसहरु पुँजी बजारका बारेमा बुझ्न कार्यक्रममा आएको बताईरहेका थिए।
सेयर बजारका बारेमा जान्न पाइन्छ भनेर प्रदर्शनीमा आएको बिबिए अध्ययनरत महेश थापाले बताए। उनले अपेक्षा गरे अनुसार कार्यक्रमबाट सेयर बजारका बारेमा धेरै कुरा जान्न पाएको बताए।
बिहिबार भृकुटीमण्डप पुग्दा प्रदर्शनीमा कलेजका बिद्यार्थीका साथैं महिलाहरुको उल्लेख सहभागिता थियो। एक महिलाले भनिन्, सेयरमा लगानी गरेको थिए, बजार निरन्तर ओरालो लागिरहेको छ, यहाँ केहि नयाँ कुरा जान्न पाइन्छ कि भनेर आएकी हुँ।
धेरै मानिसहरु आउँदैनन् होला भनेर थोरै ब्रोसर छापेका थियौं एक ब्रोकर कम्पनीका प्रतिनिधिले भने, ‘तर पहिलो दिन २ घण्टामै हाम्रो सप्पै ब्रोसर सक्किएर आज नयाँ छापेर ल्याएका हौँ।
बुधबार अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेदेखि नै प्रदर्शनीमा सहभागीको सख्याँ बढेको थियो।
बोर्ड प्रवक्ता गिरी, सेयरबजारमा बारेका एकै ठाउँबाट जानकारी दिन सकियोस् भनेर प्रदर्शनी आयोजना गरेका बताउँछन्। सहभागीको आकर्षणले हाम्रो योजना र प्रदर्शनी सफल भएको छ, गिरीले भने।
बोर्डले आगामी दिनमा काठमाडौं उपत्यका बाहिर पनि प्रदर्शनी गर्ने योजना बनाएको गिरीले जानकारी दिए।
उनले भने, यहाँको प्रदर्शनीमा लक्ष्य अनुसारको सफलता मिलेको छ, आगामी दिनमा अझैं राम्रो प्रदर्शनी गर्ने योजना बनाउने छौं।
लगानी व्यवस्थापनको काम गर्दै आएको वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सचिन सिलवान पुँजी बजार सम्बन्धी प्रदर्शनी देशका बिभिन्न ठाउँमा हुनुको साथैं प्रत्येक वर्ष हुनुपर्ने बताउँछन्।

उनले भने, ‘प्रदर्शनीले सेयर बजारका बारेमा चासो हुनेलाई धेरै कुरा जान्न सहयोग गरेको छ, यस्तै हामी जस्ता कम्पनीलाई व्यवसाय प्रवर्धन गर्न पनि सघाएको छ।’
प्रदर्शनीमा आयोजित अन्तर्किया कार्यक्रममा सेयर लगानीकर्ताले सेयर बजारको विकास र विस्तारका लागि लगानीकर्ता सचेतना कार्यक्रम हुनुपर्ने माग गरेका थिए।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की लगानीकर्ताको गुनासो र माग सम्बोधनको प्रयास गर्दै थिए। उनि पुँजी बजारको विकासकालागि धितोपत्र बोर्ड प्रतिवद्ध रहेकाले लगानीकर्ताको माग नियमतिरुपमा सम्बोधन गर्दै जाने बताईरहेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































