‘पत्रिका बन्द गर्ने भनी झुक्याइयो, अधिकारका लागि कानुनको सहारा लिन्छौँ’

‘पत्रिका बन्द गर्ने भनी झुक्याइयो, अधिकारका लागि कानुनको सहारा लिन्छौँ’
+
-

काठमाडौँ – अन्नपूर्ण पोस्ट् दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले आफूले पाउनुपर्ने तलब–भत्ता नपाएको गुनासो गरेका छन्।

पीडित पत्रकारहरूले शनिबार भर्चुअल पत्रकार सम्मेलन गरी आफ्नो अधिकारका लागि कम्पनीविरुद्ध कानुनी संघर्षमा जाने चेतावनी दिएका छन्।

अन्नपूर्ण पोस्ट्का पीडित पत्रकारहरूले अन्नपूर्ण मिडिया हाउसमा काम गर्ने कुनै पनि श्रमजीवी पत्रकारले ०७६ साल चैतयताको तलबभत्ता नपाएको गुनासो गरे।

‘हाम्रो प्रेस पास नवीकरण भएको छैन। हाम्रो तलबभत्ताबाट काटिँदै आएको टीडीएस कम्पनीको तर्फबाट सम्बन्धित कर कार्यालयमा दाखिला गरिएको छैन,’ पीडित पत्रकारहरूले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। तलबमानबाट कट्टा गरिएको सञ्चयकोषको रकम कम्पनीले सञ्चयकोष खातामा जम्मा नगरेको पीडित पत्रकारले बताए।

सुरुमा तलबभत्ता भुक्तानीका लागि लिखित अनुरोध पत्र बुझाउँदा पनि श्रमजीवी पत्रकारलाई उपहारस्वरुप राजीनामा गर्न दबाब दिइएको पत्रकारहरूले विज्ञप्तिमा खुलाएका छन्। साथै, पीडित पत्रकारहरूले पत्रिका बन्द गर्ने भनेर श्रमजीवीलाई झुक्याइएको आरोपसमेत लगाएका छन्।

‘पृष्ठभूमिमा पत्रिका बन्द गर्ने सूचना मौखिक रुपमा दिइयो। त्यसलगत्तै २०७७ फागुन २५ गते अन्नपूर्ण मिडिया हाउसका सीईओ मानस घिमिरेमार्फत पत्रिका बन्द गर्न लागेकाले सम्पूर्ण श्रमजीवीलाई राजीनामा दिन पुनः दबाब दिइयो’, विज्ञप्तिमा भनिएको छ,‘त्यस समय सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण पोस्ट् डककमका सम्पादक विष्णु सुवेदी पनि उपस्थित हुनुहुन्थ्यो। हामीले आधिकारिक सूचना निकाल्न अनुरोध गयौँ। तर, उहाँहरूले बजारमा रकम फसेकाले लिखित सूचना ननिकाली यसैलाई आधिकारिक मान्न आग्रह गर्नुभयो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?