उद्यमशीलता तालिम लिएका व्यवसायीले सहुलियत ब्याजमा ऋण पाउने

उद्यमशीलता तालिम लिएका व्यवसायीले सहुलियत ब्याजमा ऋण पाउने
+
-

सिमकोट – सरकारी प्राथमिकताको कार्यक्रम उद्यमशीलता विकास तालिम लिएका नव तथा पुराना उद्यमीलाई बैंकहरूले सहुलियत दरमा ऋण लगानी गर्ने भएका छन्।

सीप र ज्ञान भएर व्यवसाय सुरु गरेका तर आर्थिक कमी भएका व्यवसायीलाई बैंकले सो ऋण लगानी गर्ने भएका हुन्।

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सविता शाहीले उद्यमशीलता विकास तालिम ( मेड्पा) लिएर व्यवासय सञ्चालन गरिरहेको र आर्थिक अभाव खेपिरहेका व्यवसायीले सहुलित दरको ब्याजमा ऋण लगानी गर्ने बताइन्।

यसका लागि तालिम लिएर व्यवसाय सञ्चालन गरेको हुनुपर्ने उनले बताए। सीपले दक्ष भएर काम गरिरहेका व्यवसायीलाई कामको प्रकृति हेरी प्रमाणपत्र जमानीमा ऋण लगानी गर्न सकिने उनले बताइन्।

हाल गाउँपालिकाले उद्यमशीलता विकास कार्यक्रम गाउँपालिका स्तरमा सञ्चालन गरिरहेका छन्। आधारभूत र पुनर्ताजकीय तालिम लिएर साना व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले उक्त ऋण लिन सक्ने सांग्रिला विकास बैंकका प्रबन्धक चन्द्रप्रसाद लम्सालले जानकारी दिए।

व्यवसाय सञ्चालन गरेका व्यवसायीले पाँच लाखसम्म बिना धितो र त्योभन्दा माथिको ऋण लिन आवश्यक भए धितो राखेर वार्षिक ५ प्रतिशतमा सहुलियत रूपमा लिन पाउने व्यवस्था छ।

बैंकले काम गरिरहेका व्यवसायीलाई यो अवसर नगुमाउन पनि आग्रह गरेका छन्। यसका लागि जिल्लामा स्थापना भएका चार वटै बैंकले उक्त ऋण लगानी गर्न सकिने बताएका छन्।

कार्यक्रमले दुवै किसिमका तालिम दिएर तीन वर्षमा ६०४ जना व्यवसायी उत्पादन गरेको स्नोल्यान्ड एकीकृत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले जानकारी दिए।

तालिम विशेष गरी सिस्नो प्रशोधन, होजियारी, च्याउ खेती, साबुन प्रशोधनलगायत व्यवसायलाई दिइएको छ।
सिमकोट गाउँपालिका– ५ की प्रज्ञा रावलले दुई चरणको तालिमपश्चात् होजियारी व्यवसाय सञ्चालन गरेको र यसका लागि आर्थिक अभाव भएको बताइन्।

बजार अध्ययन गरेर यसको माग बढी भए पनि हालसम्म उत्पादन कम भएको बाहिरको निकासी रोक्ने र जिल्लामै उत्पादन बढाएर रोजगारी सिर्जना हुनेछ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष