
काठमाडौँ – कतार एयरवेजले अगस्टदेखि अफ्रिकाका दुई महत्वपूर्ण गन्तव्य जाम्बिया र जिम्बावेलाई आफ्नो गन्तव्य स्थलको सूचीमा राख्ने जानकारी दिएको छ।
लुसाका र हरारेका लागि नयाँ सेवा बोइङ ७८७ ड्रिम लाइनरको साथ सञ्चालन गर्ने निर्धारित गरिएको छ।
यसले जाम्बिया र जिम्बावेका यात्रीहरूलाई कतार एयरवेजको १४० भन्दा बढी गन्तव्यहरूको ग्लोबल नेटवर्कसँग जोड्नेछ।
यी दुई नयाँ मार्गसँगै एयरलाइनले अफ्रिकाका २७ गन्तव्यका लागि सयभन्दा बढी साप्ताहिक उडान सञ्चालन गर्नेछ।