
सिमकोट – चीनसँग जोडिएको हुम्लाको नाम्खा गाउँपालिकामा पनि कोरोना संक्रमण देखिएको छ।
कोरोनाको दोस्रो लहर चलेयता ग्रीनजोनका रुपमा रहेको उक्त गाउँपालिकामा असार १० गते कोरोना परीक्षण गर्दा संक्रमित देखिएका हुन्।
गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर लामाले धिंगा गाउँमा रुघाखोकी र ज्वरो आउने बिरामी देखिन थालेपछि कोरोना परीक्षण गर्दा संक्रमित देखिएको बताए।
उक्त गाउँमा जम्मा २४ जनालाई परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए।
कोरोना संक्रमण देखिएपछि धिंगा गाउँका सम्पूर्ण बासिन्दाहरुको स्वास्थ्य परीक्षण गर्न जिल्लाबाट चिकित्सकको टोली गएको छ।
हालसम्म हुम्लामा दुई जनाको संक्रमितको मृत्यु भएको छ।
२३७ जनामा कोरोना संक्रमण देखिएकोमा अहिले १५ जना सक्रिय संक्रमित छन्।