हुम्लामा चामल ढुवानीकाे विषयलाई लिएर गाउँलेबिच झडप, एकै परिवारका तीनजना घाइते

हुम्लामा चामल ढुवानीकाे विषयलाई लिएर गाउँलेबिच झडप, एकै परिवारका तीनजना घाइते
+
-

सिमकोट–  एक बाेरा चामल ढुवानीको विषयलाई लिएर हुम्लाकाे सिमकोट–७ डाँडाफयाको ग्वालेखोरमा गाउँलेहरुबिच झडप भएकाे छ।

शुक्रबार राति गाउँकै स्थानीय दुई समूहबिच भएको झडपमा सिमकोट–७ ग्वालेखोराका एउटै घरका आमा, बुवा र छोरा गरि तीनजना घाइते भएका छन्।

घाइते हुनेमा प्रवेश शाही, मनबहादुर शाही र सिद्धा शाही रहेका छन्। नाक, मुख र टाउकाेमा चाेट लागेका उनीहरुकाे जिल्ला अस्पतालमा उपचार भैरहेकाे छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गरेको चामल ट्रयाक्टरमा ढुवानी गरेर लैजाने विषयमा स्थानीय प्रवेश शाही र उमेश सिहंबिच  भएकाे विवादले झडपकाे रुप लिएकाे हाे।

झडपमा उमेश सिंह र दिनेश शाही पक्षको कुटाईबाट प्रवेश शाहीका घरका तीनजना घाइते भएका हुन्।

प्रवेशको नाकमा पाँच र टाउकोमा एक टाँका लगाइएको जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्। उनका अनुसार सिद्धको टाउकोमा एक टाँका लगाइएको छ।

शुक्रबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले नियमित वडाको कोटाको चामल वितरण गरेको थियो।

प्रतिघर एक बाेरा चामल पाएका साविकको डाँडाफया गाविस–३ (हालको सिमकोट–७) ग्वालेखोरका स्थानीयले चामल एकमुष्ट ढुवानी गर्ने गरि ट्रयाक्टर रिजर्भ गरेका थिए। प्रति बाेरा चामलको एक सय रुपैयाँ ढुवानी तिर्ने सहमतिमा ट्रयाक्टर रिजर्भ गरेका बेला प्रवेशले आफ्नाे चामल पनि साेही ट्रयाक्टरमा राख्न खाेजेपछि विवाद सुरु भएकाे बताइएकाे छ।

घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले दुईजनालाई पक्राउ गरेकाे छ।

झडपमा संलग्न सिमकोट–७ ग्वालेखोरका उमेश सिंह र दिनेश शाहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष