एक गाउँपालिका एक उत्पादन: चार सय परिवारलाई बाख्रा वितरण

एक गाउँपालिका एक उत्पादन: चार सय परिवारलाई बाख्रा वितरण
+
-

सिमकोट –  हुम्लाका ४ सय ४० परिवारलाई बाख्रा वितरण गरिएकाे छ। एक गाउँपालिका एक उत्पादन कार्यक्रम अन्तर्गत  बाख्रा वितरण गरिएका हुन्।

सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए।

स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर ल्याई वितरण गरिएको हो।

सरकारी अनूदानमा अब बाख्रा पालन व्यवसाय बिस्तार गर्नेमा लाग्ने उनले बताए । लक्षित वर्गका सदस्यहरुले व्यवसायिक बाख्रा पालन सुरुवात गर्ने जनाएका छन्।

प्रदेश सरकारको आर्थिक सहयोगमा एक गाउँपालिका एक उत्पादन कार्यक्रम अन्तर्गत बाख्रा पालन व्यवसाय जिल्लाका ६ वटा गाउँपालिकामा सुरुवात भएको भेटेनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले जानकारी दिए ।

यसका लागि प्रति गाउँपालिकाका ७० घरधुरीका दरले ४२० घरधुरीलाई एक हजार २६० बाख्रा र ३० वटा उन्नत जातका बोका वितरण गरिएको उनले जानकारी दिए।

तीन वर्षे कार्यक्रम अन्तर्गत छनौट भएका वडाका सबै घरधुरीलाई समेटेर बाख्रा पालन व्यवसाय बिस्तार गर्ने याेजना छ।

यसका लागि सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका लक्षित वर्गका सदस्यहरुलाई बाख्रा वितरण गरिएको हो।

यसमा प्रति गाउँपालिका कार्यालयबाट २० लाख र लक्षित वर्गले आठ लाख गरि २८ लाखमा बाख्रा खरिद गरि वितरण गरिएका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष