हुम्लामा बाढी–पहिरोले ४ करोड रुपैयाँ बराबरको क्षति

हुम्लामा बाढी–पहिरोले ४ करोड रुपैयाँ बराबरको क्षति
+
-

सिमकोट– यस पटकको पहिरोबाट नौ जना मानिस घाइतेसहित जिल्लामा साढे चार करोडको क्षति पुगेको छ।

लगातार वर्षाका कारण गएको पहिरोले जेठ र असारमा उक्त क्षति पुर्‍याएको छ।

ताँजाकोट गाउँपालिका– ३ को छप्रेलाका जगत् शाहीले वर्षाको कारण तीनकोठे भवनमा भत्केर पूर्ण क्षति पुगेको जानकारी दिए।

आफ्नो घरमा क्षति पुगेपछि अर्का छिमेकीको घरमा शरणमा पर्नुपरेको बताउँदै शाहीले गाउँमा घर, गोठ, विद्यालय भवन बाटो, बाली लगाएको जग्गामा क्षति पुगेको उनले बताए।

प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार वर्षाबाट जिल्लाभरि साढे चार करोडको क्षतिको विवरण आएको छ।

त्यसमा नौ जना मानिस घाइते, १८ पशु चौपायाको मृत्यु, ४५ घर, २५ गोठलाई जेठ अन्तिम साताको लगातारको वर्षाको कारण प्रत्यक्ष रूपमा क्षति पुर्‍याएको छ।

उनले वर्षाको कारण घर गोठ भत्किएपछि एक हजार ९३ जना स्थानीय विस्थापित भएको जानकारी दिए।

क्षति पुग्नेमा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, अदानचुली र ताँजकोट गाउँपालिकाका स्थानीय रहेका छन्।

वर्षाबाट २२ घरलाई पूर्ण क्षति पुगेको छ भने ११ गोठलाई आंशिक क्षति पुगेको छ। त्यसैगरी चार वटा घर जोखिममा परेका छन् भने दुई वटा पुल, एक आयोजना, एक विद्यालय, एक पावरहाउस र एउटा घोरेटो बाटोमा क्षति पुगेको प्रहरीले जनाएको छ।

ती क्षति पुगेका संरचनामध्ये केहीको मुचुल्का आएको र केहीको आउन बाँकी रहेका कारण क्षतिको विवरण अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

यसमा बालीनाली र जग्गाको क्षति पनि समावेश गरिएको छैन। वर्षाले गत वर्षभन्दा बढी क्षति पु¥याएको छ। गत वर्ष वर्षाबाट आएको बाढी, पहिरो, घर तथा बाटो भत्कने कार्यबाट ३६ लाख बराबरको क्षति भएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष