
काठमाडौं – भारती प्रधानमन्त्री नरेन्द्र मोदी अहिले जनकपुरमा छन् । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका मोदी केहीबेरमा काठमाडौं आउने छन् ।
मोदी आउने भएपछि काठमाडौंका विभिन्न सडकमा सरसफाइ तथा मर्मतको काम भइरहेको छ ।
अहिले पनि गौशालाबाट पशुपति जाने बाटो पानी हालेर पखालिँदैछ । मोदी पशुपति जाने कार्यक्रम छ । उनी शनिबार बिहान पशुपति जाने छन् ।
मोदी त्यता जाने भएपछि शुक्रबार दिउँसो पनि पानी हालेर सफा गरिँदैछ ।