प्रेस काउन्सिलद्वारा सञ्चारकर्मीलाई तालिम

प्रेस काउन्सिलद्वारा सञ्चारकर्मीलाई तालिम
+
-

सिमकोट– हिमाली जिल्ला हुम्लामा कार्यरत सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सम्पन्न भएको छ। प्रेस काउन्सिल नेपाल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक तीनदिने उक्त शिविर जिल्लामा आयोजना गरेका छन्।

पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति–नियमको कमी भएका बेला जिल्लाका सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सञ्चालन गरिएको प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए।

दुर्गममा कार्यरत सञ्चारकर्मीलाई क्षमता विकास कार्यक्रमअन्तर्गत सो कार्यक्रम हुम्ला सञ्चालन गरिएको हो।

शिविरमा आधारभूत पत्रकारिताको ज्ञान, सीपदेखि पत्रकार आचारसंहिता, मिडिया कोषले उपलब्ध गराउने सुविधाबारे जानकारी गरिएको थियो। कार्यक्रममा न्यूनतम पारिश्रमिकबारे पनि जानकारी गरिएको थियो।

त्यसैगरी, सूचना विभागद्वारा जारी हुने प्रक्रियाबारे पनि जानकारी गरिएको छ।

यसका लागि काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सिल सदस्य दीपक पाण्डे, सूचना विभागमा निर्देशक भरत गौतम लगाएको टोली आएका छन्।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको सहभागिता छ। शिविरमा हुम्ला जिल्लामा कार्यरत ३१ जना पत्रकार सहभागी थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष