हुम्लाका स्थानीय उत्पादनको ब्रान्डिङ सुरु

हुम्लाका स्थानीय उत्पादनको ब्रान्डिङ सुरु
+
-

सिमकोट– हुम्लाका स्थानीय उत्पादनको ब्रान्डिङ सुरु भएको छ। मानापाथीका हिसाबले बिक्री वितरण भइरहेका स्थानीय उत्पादनको बिक्री वितरणमा आवश्यक परिमाण र गुणात्मकता दिन किलोमा नापतौल तथा ब्रान्डिङ गरिएको हो।

हिमालय अर्गानिक एग्रो फार्मका सञ्चालक विनोद लामाले अर्गानिक र स्वास्थ्यका लागि पोषिला तथा स्वास्थ्यवर्द्धक उत्पादनका वस्तुलाई ब्रान्डिङ गरेर बिक्री–वितरण सुरु गरिएको जानकारी दिए।

यसअघि यी उत्पादन ब्रान्डिङ नभई बिक्री गरिँदा जिल्लाबाहिरका ग्राहकबाट टिप्पणी हुने गरेको थियो। उनले वस्तु तथा उत्पादनलाई गुणात्मकता दिन ब्रान्डिङ सुरु गरिएको बताए।

बिक्रीका लागि फार्ममा राखिएका उत्पादनको मूल्यसमेत प्याकेजिङ गरी राखिएकाले ग्राहकलाई पनि मूल्यबारे स्पष्ट हुनेछ। यसअघि मानोपाथीका हिसावले यी उत्पादन बिक्री हुँदै आएका थिए।

लामाले प्योजिङमा उत्पादन भएका वस्तुको मूल्य, परिमाण, उपयोगिता र महत्वबारे उल्लेख गरिएकाले कुनै अस्पष्टता नरहने बताए।

फार्मले हुम्लामै उत्पादन हुने चिनोको चामल, मार्सी चामल, फापर, कोदो, गहुँ, उवा, जौको पिठो, सिस्नुको धुलो, डाले कुकको झोल, ओखर, मह, सिमी, स्याउको सुकुटी, गुच्ची च्याउ, घोडे मर्चाको चियालगायत १५ भन्दा बढी उत्पादनको ब्रान्डिङ गरी बिक्रीका लागि राखिएको छ।

ब्रान्डिङ गरेर बिक्री सुरु गरिएपछि ग्राहकसंख्यामा वृद्धि भएको र बिना शोधखोज बिक्री हुन थालेको फार्मले जनाएको छ।

कृषि विकास कार्यालयका सूचना अधिकरी धर्मेन्द्र अधिकारीले जिल्लामा उत्पादन भएको अन्नबाली, फलफूल, जडीबुटीको प्रवर्द्धनका लागि ब्रान्डिङ कार्य सुरु गरिएको बताए।

यसका लागि कार्यालयले फार्मसँग सहकार्य गरेको छ। यो कार्यले स्वास्थ्यका लागि लाभदायक स्थानीय रैथाने उत्पादनको गुणात्मक बिक्री–वितरण कार्यमा सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष