हुम्लामा नेविसंघको संविधान प्रदर्शन

हुम्लामा नेविसंघको संविधान प्रदर्शन
+
-

सिमकोट – नेपाल विद्यार्थी संघले हुम्ला जिल्लामा नेपालको संविधान प्रदर्शन गरेको छ।

प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चलाएको देश सञ्चालन गरिरहेको भन्दै संविधानअनुसार अगाडि बढ्न प्रदर्शनी गरिएको हो।

पटक–पटक नेपालको संविधान मिचेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान मिचेर देश चलाउने कार्य भइरहेकाले संविधानले व्यवस्था गरेका कुरा स्पष्ट गर्न प्रदर्शनी गरिएको संघका अध्यक्ष धर्मराज जैसीले बताए।

असंवैधानिक तवरले प्रधानमन्त्रीले लाज नमानी अगाडि बढी रहेकाले संविधानबारे बुझाउन र स्पष्ट गर्न हिमाली जिल्ला हुम्लामा संविधानको प्रदर्शन गरिएको उनले बताए।

असंवैधानिक कदम बन्द गर, संविधान मास्न पाइँदैन लगाएका नारा लगाएर कालीचोकबाट लोकतन्त्र चोकसम्म संघले प्रदर्शन गर्दै कोणसभामा परिणत भएको थियो।

सभामा बोल्दै कांग्रेस हुम्लाका सचिव मोहनविक्रम सिंहले प्रधानमन्त्री संविधानअनुसार नचल्नु देशका लागि बर्बादी भएको बताए।

वर्तमान प्रधानमन्त्रीका हरेक क्रियाकलापले गर्दा अब चुप लागेर नबस्ने अवस्था सिर्जना भएको कारण सडक आन्दोलन तताउनुपर्ने बताए। सभामा संघका अध्यक्ष जैसीले सरकारले गर्ने हरेक असंवैधानिक क्रियाकलापको खबरदारी गर्ने बताए।

प्रदर्शनमा संघका सदस्यहरूको उपस्थिति रहेको थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष