हुम्लाको ओख्रेन बस्तीमा इन्टरनेट सुविधा

हुम्लाको ओख्रेन बस्तीमा इन्टरनेट सुविधा
+
-

सिमकोट– सिमकोट गाउँपालिका–७ को ओख्रेन बस्तीमा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। ओख्रेस सामुदायिक वन उपभोक्ता समितिले आफ्नै लगानीमा गाउँलाई इन्टरनेट सेवा जडान गरेको हो।

सदरमुकामसँग जोडिएर पनि नेपाल टेलिकमको इन्टरनेट सेवा नपुगेको ओख्रेन बस्तीमा सो सेवा जोडिएको स्थानीय हरिबहादुर शाहीले जानकारी दिए। धेरै ठाउँमा इन्टरनेटको पहुँच पुर्‍याइदिन माग गरिए पनि कतैबाट माग पूरा नभएपछि गाउँकै सामुदायिक वन उपभोक्ता समितिको लगानीमा इन्टरनेट जोडिएको उनले बताए।

कर्णाली करिडोरको मुख्य सडकखण्ड भएर पनि नेटले काम नगर्ने उक्त बस्तीमा सोमबार वर्ल्ड लिंक कम्युनिकेसनको इन्टरनेट सेवा जडान गरिएको हो। स्थानीयको माग र अहिलेको आवश्यकताअनुसार इन्टरनेट सेवा जडान गरिएको समितिका अध्यक्ष मन्दिर सिंहले बताए।

यसबाट स्थानीय बासिन्दा इन्टरनेट सेवाबाट प्राप्त हुने सबै सेवामा पहुँच पुगेको छ। उक्त सेवाबाट बस्तीका ३४ घरधुरीका बासिन्दा लाभान्वित हुनेछन्। यसका लागि समितिले ९५ हजार रुपैयाँ लगानी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?