शनिबार एक घण्टा पशुपतिमा के गर्नेछन् मोदीले?

शनिबार एक घण्टा पशुपतिमा के गर्नेछन् मोदीले?
+
-

काठमाडौं- दुईदिने नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम र मुक्तिनाथ तीर्थ यात्रापछि शनिबार ११ बजे पशुपतिनाथको दर्शन गर्न जाने छन्।

स्रोतका अनुसार मोदीले १ घण्टा पशुपति परिसरमा बिताउने कार्यक्रम छ। पशुपति क्षेत्र विकास कोषले मोदी भ्रमणलाई लक्षित गर्दै तीव्र तयारी गरिरहेको छ। पशुपति क्षेत्र विकास कोषले भारतीय प्रधानमन्त्रीको स्वागतमा गौशाला हुँदै पशुपति परिसर पुग्ने बाटोलाई पानीले पखालेको थियो। यस्तै उनी हिँड्ने बाटो छेउमा रहेका निर्माण सामग्री र फोहर सफा गर्न कोषको टोली ब्यवस्था थियो।

शनिबार भारतीय प्रधानमन्त्री मोदीले पशुपति मन्दिरसँगै बासुकी नाथको मन्दिरमा पूजा गर्ने कार्यक्रम तय गरिएको छ।

स्रोतका अनुसार मोदीले पशुपतिनाथ र बासुकी नाथमा बिशेष पञ्चामृत पुजा गर्नेछन्।

भारतीय प्रधानमन्त्री मोदीले पूजा गर्दा मात्र सुरक्षाको कारणले अन्य दर्शनार्थीलाई पशुपति प्रवेशमा रोक लगाउने तयारी गरिएको छ।

यस्तै उनले मन्दिरभित्र पूजा गर्दा १ सय ८ बटुकले मन्दिरबाहिर मन्त्रोच्चारण गर्ने छन्।

नेपाल वेद विद्या आश्रमका बटुकहरुले प्रधानमन्त्री मोदीको पूजा अवधिभर मन्त्रोच्चारण गर्ने छन्।

मोदी पशुपतिनाथ मन्दिरको दर्शनलाई बिशेष महत्त्व दिने गर्छन्। उनी भारतको प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै पनि पशुपति दर्शनमा आएका थिए। आगामी वर्ष भारतमा हुने लोक सभा निर्वाचनका अगाडि उनि पशुपतिनाथसँगै मुक्तिनाथ र जनकपुरको भ्रमणमा आएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?