बुटवलमा १ अर्ब लागतमा ३५ मिटर अग्लो बुद्धमूर्ति बनाइने

बुटवलमा १ अर्ब लागतमा ३५ मिटर अग्लो बुद्धमूर्ति बनाइने
+
-

बुटवल— बुटवलमा १ अर्ब रुपैयाँ लागतमा ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइने भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर बुटवललाई पर्यटकीय स्थलका रूपमा अगाडि बढाउन बुटवल उपमहानगरपालिकाले तीन तहका सरकारको संयुक्त लगानीमा बुद्धमूर्ति बनाउने प्रस्ताव अघि सारेको हो।

बुटवल बजार नजिक रहेको हिलपार्क डाँडामा बन्ने मूर्ति ४० किमि टाढा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिनेछ। यसका लागि बुटवल उपमहानगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकनका लागि क्षेत्र निर्धारण गर्न सूचना जारी गरेको छ।

यससँगै लामो समयदेखि अवधारणाको रूपमा रहेको ‘बिग बुद्धमूर्ति’ निर्माण प्रक्रिया अघि बढेको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए।

बुद्धमूर्ति पार्कको विस्तृत परियोजना प्रतिवेदनअनुसार बुटवलबाट ४० किमि दक्षिण–पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देखिने गरी हिलपार्कमा बुद्ध मूर्तिसहितको पार्क बनाउने योजना छ।

यसका लागि कुल एक अर्ब १४ करोड ३४ लाख ३१ हजार पाँच सय ६३ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
प्रतिवेदनअनुसार पार्क चार वटा ब्लकमा निर्माण गरिनेछ।

पहिलो ब्लकमा बुद्धमूर्ति बन्नेछ। ७.८ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइनेछ।
बुद्ध अर्धकमलमाथि भूस्पर्श मुद्रामा बसिरहेका हुनेछन्। मूर्तिको सतह ३ मिलिमिटर मोटाइ रहेको तामाले बनाइनेछ।

अनुहारमा सुनको जलप लगाइनेछ। बाँकी शरीरमा सुनौलो ‘इपोक्सी’ रंग लगाइनेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?