‘महामारी नियन्त्रणका लागि छुट्टै स्वायत्त निकाय गठन गर्न आवश्यक’

‘महामारी नियन्त्रणका लागि छुट्टै स्वायत्त निकाय गठन गर्न आवश्यक’
+
-

काठमाडौँ – विज्ञहरूले महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरूले समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयभन्दा भिन्न स्वायत्त निकाय बनाउनुपर्ने सुझाव दिएका हुन्।

छातीरोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले कोभिड १९ महामारीले नेपालको स्वास्थ्य संरचनाको वास्तविकता उजागर गर्दै सरकार र सरकारी संरचनाले मात्रै नियन्त्रण रोकथाम र उपचार गर्न सक्दैन भन्ने प्रमाणित गरेको बताए।

यस महामारीमा सबैले स्वास्थ्य मन्त्रालयको मात्रै मुख ताकेर बसेको तर मन्त्रालयभित्रको पुरानै प्रशासनिक तौरतरिकाले कैयौँ राम्रा काम भए पनि निरन्तरता पाउन नसक्दा प्रभावकारितामा प्रश्न उठेको बताए।

उनले विद्यमान सोच, प्रवृत्ति, प्रशासनिक तौरतरिकामा परिवर्तन ल्याउनु आवश्यक भएको बताए। उनले महामारीलाई सम्बोधन गर्न विकसित मुलुकले सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन भनी छुट्टै स्वायत्त निकाय गठन गरेर काम गर्ने गरेको दृष्टान्त दिँदै त्यस्तै निकाय गठनका लागि पहल गर्न समितिको ध्यानाकर्षण गराए।

उनले भने, ‘नियमित रूपमा आउने महामारी नियन्त्रणका लागि स्वायत्त प्रकृतिको निकाय आवश्यक पर्ने हुन्छ। त्यसलाई आवश्यक पर्ने साधन, स्रोत उपलब्ध गराएर चाहिने अधिकार दिएर, अरु देशको सीडीसीले कसरी काम गरेका छन् भन्ने अध्ययन गरेर, उपयुक्त निकाय बनाउनु जरुरी छ। यसले महामारी आउँछ भन्ने सोचेर सधै नियन्त्रण, रोकथाम र आवश्यक पहलकदमीका लागि तयारी अवस्थामा बसिरहन्छ।’

सरुवा रोग विशेषज्ञ डाक्टर शेखर पुनले भेरोसेल खोप चाइनामा ७९ प्रतिशत प्रभावकारी रहेको खोज अनुसन्धानले देखाएको भन्दै खोपको प्रभावकारितामाथि शंका नगर्न आग्रह गरे।

उनले कडा प्रयोग र परीक्षणपछि मात्रै आउने भएकाले खोपमाथि कुनै शंका गर्नुपर्ने आवश्यकता नभएको बताए। उनले कोभिड १९ बारे विश्व नै अनभिज्ञ भएकाले सुरुवाती समयमा निकै समस्या परेपछि अब भने सहज हुँदै गएको बताए।

कुनै उमेर समूहलाई कोभिड नलाग्ने भन्ने नहुने भन्दै उनले लाग्न नदिनका लागि खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको बताए।

छलफलमा समिति सदस्यहरूले कोभिड १९ को वर्तमान अवस्था, प्रकृति, स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलगायतबारे विज्ञहरूसँग जिज्ञासा राखेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?