कांग्रेसमा देउवा इतर समूह साझा उम्मेदवारको तयारीमा

कांग्रेसमा देउवा इतर समूह साझा उम्मेदवारको तयारीमा
+
-

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा शुक्रबार भएको संस्थापनइतर समूहका नेताहरूको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए।

पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयत्नको प्रयास थालिएको बताए।

उनले भने, ‘पार्टीभित्र संस्थापन र संस्थापनइतर भनेर चिनिएका साथीहरू बीचमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर हामी जो लड्छौँ, एक जना लड्छौँ र एक जनाको स्थिति निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रित हो र त्यसका निम्ति के–कस्ता मोडालिटी र आधार बनाउनुपर्छ र ती आधार निर्माण गर्दै समग्र रूपबाट एउटा उम्मेदवार बनाउने प्रयत्नको प्रारम्भिक प्रयास हो।’

नेता केसीले क्रियाशील सदस्यतामा देखिएको आन्तरिक विवाद, राष्ट्रिय परिस्थिति र समसामयिक राजनीतिको विषयमा सर्वोच्च अदालतबाट आउने फैसलापछिको परिदृश्यको सम्बन्धमा पनि छलफल भएको जानकारी दिए।

बैठकपछि नेत्री सुजाता कोइरालाले संस्थापनइतर समूहमा सभापति उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताए।

आफूहरू एक भएर अघि बढ्ने उनले प्रतिक्रिया दिए।

उनले भने, ‘हाम्रो बीचमा कुनै विवाद छैन । विवाद हुँदैन र एक जनाले उम्मेदवार दिन्छ त्यसबारे हामीले छलफल गरिरहेका छौँ। निर्णय भइसकेको छैन तर अब छिटो हुन्छ। हामी सबै एक छौँ। एक जनाको उम्मेदवारी दिन्छौँ।’

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताले आ–आफ्नो भेलालाई निरन्तरता दिएका छन्। कांग्रेसमा आधा दर्जनभन्दा बढी नेताले सभापतिको आकांक्षा देखाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?