लुम्बिनी सरकारले ल्यायाे अध्यादेशबाट बजेट

लुम्बिनी सरकारले ल्यायाे अध्यादेशबाट बजेट
+
-

बुटवल – लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ।

शुक्रबार बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए।

उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको त्यस्तै ल्याइएको हो।

बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको थियाे।

लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भैआए अनुसार चालु आठौँ अधिवेशन मध्यराति १२ बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?