
काठमाडौँ – रेनो नेपालले द अल–न्यु काइगरको मूल्य निर्धारण गरेको छ। यस मूल्य निर्धारणको साथ, रेनो काइगरले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशीलता परिवर्तन गर्ने निश्चित गरेको छ।
रेनो काइगरका लागि बुकिङ शुक्रबारदेखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कबाट सुरु हुँदै छ।
रेनो इन्डिया अपरेसनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्लेका अनुसार रेनो काइगर आधुनिक एसयूभी हो, जुन बजारका लागि फिट छ।
यसले इनोभेसन, क्रिएटिभिटी, कस्टोमर अन्डरस्ट्यान्डिङ र सबैभन्दा माथि गाडी बनाउनमा बेजोड मूल्यको प्रस्ताव गर्न केन्द्रित गराउँछ।
रेनो काइगरमा विशिष्ट एसयूभीको लुक छ र यसको लामो ह्विलबेसले बोर्डमा ठूलो ठाउँ र मात्रा ओगट्न मद्दत पुर्याउँछ।
‘धेरै स्मार्ट गुणसहित लोड रहेको काइगरले एसयुभीको लिगेसीलाई सुदृढ पार्नुका साथै रेनो परिवारमा अधिक ग्राहकलाई स्वागत गर्न तत्पर छौँ,’ विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, ‘नेपालमा रेनो काइगर सबैभन्दा बढी मागका साथ धेरै प्रतीक्षा गरिएको गाडी हो।’
ग्राहकसामु रेनो काइगरको आगमनबारे सूचित गर्न पाउँदा निकै खुसी लागेको उनले बताए। रेनो काइगरले आफैँलाई एक स्टनिङ, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रूपमा स्थापित गरेको बताएको छ।
रेनो काइगरमा स्मार्ट केबिनले प्रविधि, कार्यक्षमता र रुमिनेसको संयोजन रहेको छ। उच्च प्रदर्शनका साथसाथै यसमा स्पोर्टी ड्राइभ र मल्टिसेन्स ड्राइभ मोड छ। यसले ग्राहकलाई ड्राइभिङ प्राथमिकतामा फ्लेग्जेबिलिटी प्रदान गर्ने कम्पनीले जनाएको छ।
ग्राहकले चार वटा उपलब्ध रहेको ट्रिम–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडबाट छनोट गर्न सक्नेछन्।