‘आर्थिक अवस्थालाई समेटेर सरकारले श्वेतपत्र जारी गर्छ’

‘आर्थिक अवस्थालाई समेटेर सरकारले श्वेतपत्र जारी गर्छ’
+
-

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गर्ने बताएका छन्। अर्थ मन्त्रालयमा शुक्रबार पत्रकारसँग परिचयात्मक कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताएका हुन्।

उनले भने, ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेतपत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ।’
अर्थमन्त्री शर्माले पुँजी बजारमा समस्या रहेको पनि बताए।

पुँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुने गरी नीति निर्माण गर्ने उनले बताए। उनले भने, ‘पुँजीबजारलगायत समस्या छन्। त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्नेबारे पनि हामी नीति, निर्माण गर्नेछौँ।’

अर्थमन्त्री शर्माले अध्यादेशमार्फत आएको ०७८।७९ को बजेट आगामी संसद् बैठकमा पेस हुने र बजेट पास हुने, नहुने त्यसपछि नै निक्र्याेल हुने बताए।

उनले भने, ‘अहिले बजेटलगायत विषय छन्। अध्यादेश सदनमा प्रस्तुत हुन्छ। सदनले नै के गर्छ भन्ने कुरा भएको हुनाले, ३ गते सदन बोलाइसकिएको छ। यसलाई टेबुल गरिँदै छ। त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार, अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा त्यहाँ गइसकेपछि जानकारी हुने नै छ।’

सरकारको समग्र योजना निर्माण भइसकेपछि त्यसैको आधारमा अर्थ मन्त्रालयको भावी योजना र कार्यक्रमबारे बताइने उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?