२८ प्रतिशतले बढेपछि कहाँको भाडा कति?

२८ प्रतिशतले बढेपछि कहाँको भाडा कति?
+
-

काठमाडौँ– सरकारले सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। केही दिनअघि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक सवारीसाधनको भाडा २० देखि २८ प्रतिशतसम्म बढाएको थियो। सोही भाडादर सरकारले सार्वजनिक गरेको हो।

असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाउने सहमति भएको थियो। सोहीअनुसार भाडा वृद्धि गरी सार्वजनिक गरिएको छ।

कति छ भाडादर ?


राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको २८ प्रतिशतले वृद्धि गरेको विभागले जनाएको छ। काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ।

यस्तै, काठमाडाैँदेखि पोखराका लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ। साविकको भाडा ४ सय २८ बाट ५ सय ३७ रुपैयाँ कायम गरिएको हो।

काठमाडौँदेखि भद्रपुरका लागि १ हजार १७२ रुपैयाँबाट बढाएर १ हजार ४७० रुपैयाँ, काठमाडौँदेखि भैरहवाका लागि ५ सय ६१ रुपैयाँबाट बढाएर ७ सय ४, काठमाडौँदेखि महेन्द्रनगरका लागि १ हजार ३३२ रुपैयाँबाट बढाएर १ हजार ६७१ रुपैयाँ, काठमाडौँदेखि वीरगञ्जको भाडादर ५ सय ४० रुपैयाँबाट बढाएर ६ सय ७८ रुपैयाँ कायम गरेको विभागले जनाएको छ।

यस्तै, काठमाडौँ–अत्तरिया–सिलगढीको नयाँ भाडादर दुई हजार एक सय दुई रुपैयाँ कायम गरिएको छ भने साविक भाडादर एक हजार ६ सय ७५ रुपैयाँ थियो।

काठमाडौँ–इलामको नयाँ भाडादर १ हजार ६ सय ९१ रुपैयाँ, काठमाडौँ–उर्लावारी–दुर्गापुरीको १३ सय ५९ रुपैयाँ, काठमाडौँ–कटारीको एक हजार एक रुपैयाँ, काठमाडौँ–काँकडभिट्टाको १४ सय ७० रुपैयाँ, काठमाडौँ–कलैयाको ७ सय ७ रुपैयाँ, काठमाडौँ–झापा १४ सय ८६ रुपैयाँ, काठमाडौँ–कृष्णनगरको ८ सय ६१ रुपैयाँ, काठमाडौँ–कोठीयाघाटको १४ सय २६ रुपैयाँ, काठमाडौँ–गाईघाटको एक हजार ८९ रुपैयाँ, काठमाडौँ–गुलरियाको १६ सय ६९ रुपैयाँ र काठमाडौँ–गोरखाको तीन सय ८५ रुपैयाँ छ।

यस्तै, काठमाडौँ–गोलढापको १४ सय ६७ रुपैयाँ, काठमाडौँ–गौरको ८ सय १७ रुपैयाँ, काठमाडौँ–गौरीगञ्जको १४ सय ९ रुपैयाँ, काठमाडौँ–गौशाला–महोत्तरीको ८ सय ९४ रुपैयाँ, काठमाडौँ–चिसापानी–कर्णालीको १३ सय ८० रुपैयाँ, काठमाडौँ–जलेश्वरको ९ सय ५९ रुपैयाँ, काठमाडौँ–जलेश्वर–जंघारखोलाको ९ सय ८४ रुपैयाँ, काठमाडौँ–डुम्रे–बेंसीशहरको ५ सय रुपैयाँ, काठमडौँ–धनगढीको १६ सय ५७ रुपैयाँ, काठमाडौँ–धनगढी–सीतागढी–साफेबगरको २३ सय ५० रुपैयाँ, काठमाडौँ–धरानको १३ सय ५ रुपैयाँ, काठमाडौँ–धुलाबारी–शान्तिनगरको १५ सय १ रुपैयाँ, काठमाडौँ–घोराही–तुलसीपुरको एक हजार ६१ रुपैयाँ र काठमाडौँ–नगराइन–जटहीको ९ सय ५६ रुपैयाँ रहेको विभागले जनाएको छ।

यसैगरी, काठमाडौँ–पोखरा–तानसेन–कपिलवस्तु–नारायणगढ (एक तर्फ) १४ सय ८६ रुपैयाँ, काठमाडौँ–फत्तेपुरको ११ सय ५६ रुपैयाँ, काठमाडौँ–बनियानीको १५ सय ६ रुपैयाँ, काठमाडौँ–बाहुनडाँगीको १४ सय ८९ रुपैयाँ, काठमाडौँ–भगवानपुरको एक हजार ६० रुपैयाँ, काठमाडौँ–भद्रपुरको १४ सय ७० रुपैयाँ, काठमाडौँ–प्यूठानको ११ सय ६५ रुपैयाँ, काठमाडौँ–भैरहवाको ७ सय ४ रुपैयाँ, काठमाडौँ–मटीहानीको ९ सय ८४ रुपैयाँ, काठमाडौँ–मोरङ १३ सय ८७ रुपैयाँ, काठमाडौँ–मलंगवाको ८ सय ४२ रुपैयाँ, काठमाडौँ–महेशपुरको ६ सय ५१ रुपैयाँ, काठमाडौँ–धनुषाको ९ सय ४४ रुपैयाँ र काठमाडौँ–राजगढको १४ सय ६३ रुपैयाँ भाडा कायम गरिएको छ।

यस्तै काठमाडौँ–राजविराजको एक हजार ९८ रुपैयाँ, काठमाडौँ–वरहथवाको ८ सय २ रुपैयाँ, काठमाडौँ–वागलुङ ७ सय ६३ रुपैयाँ, काठमाडौँ–वीरगञ्जको ६ सय ७८ रुपैयाँ, काठमाडौँ–विर्तावजारको १४ सय ३८ रुपैयाँ, काठमाडौँ–बुधबारेको १४ सय ६६ रुपैयाँ, काठमाडौँ–शनिश्वरेको १४ सय ५२ रुपैयाँ, काठमाडौँ–शिवगञ्जको १४ सय ९ रुपैयाँ, काठमाडौँ–सिन्धुलीको ९ सय २२ रुपैयाँ, काठमाडौँ–सिरहाको एक हजार ३ रुपैयाँ, काठमाडौँ–सुर्खेतको १५ सय १९ रुपैयाँ र काठमाडौँ–बुटलको ६ सय ५१ रुपैयाँ नयाँ भाडादर सरकारले तोकेको छ।

काठमाडौँ–स्याङ्जाको ६ सय ४० रुपैयाँ, काठमाडौँ–वैतडीको २२ सय ३८ रुपैयाँ, काठमाडौँ–लिवाङको १३ सय ५२ रुपैयाँ, काठमाडौँ–तानसेनको ७ सय ७१ रुपैयाँ, काठमाडौँ–रुकुमको १६ सय ८८ रुपैयाँ, काठमाडौँ–सल्लीबजारको १५ सय २९ रुपैयाँ, काठमाडौँ–धनकुटाको १५ सय ७ रुपैयाँ, काठमाडौँ–वसन्तपुरको १६ सय ५९ रुपैयाँ, काठमाडौँ–सन्धीखर्कको ९ सय ८८ रुपैयाँ, काठमाडौँ–सल्यानको एक हजार २ रुपैयाँ र काठमाडौँ–पाल्पाको ८ सय ७ रुपैयाँ नयाँ भाडादर कायम गरिएको विभागले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?