महामारीमा पनि नेपालीको विदेश लर्को-२८ हजारले लिए अध्ययन अनुमति, ५७ हजारले लिए नयाँ श्रम स्वीकृति

महामारीमा पनि नेपालीको विदेश लर्को-२८ हजारले लिए अध्ययन अनुमति, ५७ हजारले लिए नयाँ श्रम स्वीकृति
+
-

काठमाडौँ – पछिल्लो एक वर्षमा २८ हजारभन्दा बढिले विदेशमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट अनुमति (एनओसी) लिएका छन्। शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २७ हजार ९ सय ७८ जनाले एनओसी लिएका छन्।

जापानका लागि ८ हजार एक सय ४६, अस्ट्रेलियाका लागि ४ हजार ८ सय ४९, क्यानडाका लागि २ हजार ५ सय १६, बेलायतका लागि २ हजार ३ सय ५४, अमेरिकाका लागि ९ सय ६४, भारतका लागि २ हजार ७ सय ९७, दक्षिण कोरियाका लागि २ हजार ६ सय ४३ जनाले अध्ययन अनुमति लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ।

विश्वका विभिन्न ५८ देशमा अध्ययनका लागि गत वर्ष एनओसी जारी भएको थियो। बंगलादेशमा १ सय १४, डेनमार्कका लागि २ सय ५९, फिनल्यान्डका लागि एक सय ५६, फ्रान्सका लागि २ सय ६९, जर्मनीका लागि ३ सय ५०, नर्वेका लागि २ सय २, थाइल्यान्डका लागि एक सय ८९, युएईका लागि ९ सय ३३ र युक्रेनका लागि ३ सय ७६ जनाले अध्ययन अनुमति लिएका छन्।

यसअघि आर्थिक वर्ष ०७६/७७ मा ३४ हजार ९४ जनाले विदेशमा अध्ययनका लागि एनओसी लिएका थिए। यो संख्या त्यसभन्दा अघिल्लो वर्ष ६३ हजार २ सय ५९ जनाले एनओसी लिएका थिए। यसैगरि आर्थिक वर्ष ०७५/७६ मा ५८ हजार ७ सय ५८ जनाल‍े विदेशमा अध्ययनका लागि एनओसी लिएका थिए।

कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारी र विदेशमा अध्ययन दुवै प्रभावित छन्। २०७६ चैत ११ देखि लागु भएको पहिलो लकडाउनपछि लामो समय नियमित अन्तर्राष्ट्रिय उडान रोकिएको थियो।

त्यसबिचमा विदेशमा अलपत्र श्रमिक तथा अन्यलाई चार्टर्ड उडानमार्फत नेपाल ल्याइएको थियो। २०७७ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान केही सहज बनाइएको थियो। यसबीचमा कोरोनाको विभिन्न भेरियन्टका कारण कुनै पनि समय हवाई उडानहरु सहज हुन सकेका छैनन्। यसैगरि विभिन्न देशले विदेशी यात्रुहरुमाथि लगाएको प्रतिबन्ध अझै पनि धेरै देशमा कायम रहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष (०७७/७८) सुरुका ११ महिना(जेठसम्म) ५७ हजार एक सय जनाले वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएका छन्। गत चैत महिनामा मात्र १४ हजार ४ सय ५१ जनाले नयाँ श्रम स्विकृती लिएका थिए। यसैगरि वैशाखमा ११ हजार ९ सय १ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्।

गत वर्ष संस्थागततर्फ एक लाख ७२ हजार २ सय ६६ र व्यक्तिगततर्फ ९ हजार ६ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष संस्थागत तर्फ २ लाख ८ हजार ३ सय ५१ जना र व्यक्तिगत तर्फ ९ हजार एक सय ३ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?