प्रदेश-७ भाषिक जागरण

सुदूरपश्‍चिममा भाषा, बसाईसराइ र प्रभाव

सुदूरपश्‍चिममा भाषा, बसाईसराइ र प्रभाव
+
-

काठमाडौं-नेपालका भाषाहरुको अध्ययन र अनुसन्धानको खोजीमा पंक्तिकार लाई यस पटक नेपालको सुदूरपश्‍चिम क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो। भाषा आयोगको सहयोगमा त्रि.वि. सेरिडले सञ्‍चालन गरेको नेपालीमा भाषिक अपशरणः एक सामान्य अध्ययन शीर्षकको अनुसन्धानमा सुदूरपश्‍चिम्का-२ प्रमुख शहरहरुमा छलफल, अन्‍तरवार्ता तथा सर्भे गर्ने काम भयो।

महेन्द्रनगरको छलफल तथा अन्‍तरवार्ता लिने क्रममा पंक्तिकारले आफ्नो उद्देश्य र सुदूरपश्‍चिम क्षेत्रमा बोलिने भाषाहरु नेपाली भाषाको विचमा भएका सम्पर्क र सम्बन्धहरुको बारेमा खोतल्ने प्रयास गर्दा मोफसलमा भएका धेरै गहन र महत्वपूर्ण अध्ययन अनसन्धानहरु हुने गरेको भेटियो।

खासगरी महेन्द्रनगरमा प्रधान कार्यालय भएको महाकाली साहित्य संगमले डोट्याली भाषा साहित्यमा गरेको योगदान र यसमा सम्मलित व्यक्तिहरुको उर्जा हेर्दा अब नेपाली भाषा साहित्यमा केन्द्रमुखी हुनु आवश्यक छैन भन्‍ने कुरा प्रष्ट देखिन्छ।महाकाली साहित्य संगमले नियमित प्रकाशन गर्ने गुडुल्की मासिक होस वा यसका अन्य बाल साहित्यिक रचनाहरु होस् जुन डोट्याली भाषा संस्कृति, इतिहास र साहित्यको व्याख्या र विश्‍लेषणमा समर्पित भएको पाइन्छ।

डोट्याली भाषा विकास केन्द्रबाट भर्खरै प्रकाशित आधारभूत डोट्याली व्याकरण स्थानीय स्तरमै सहयोग रकम संकलन गरी सुदूरपश्‍चिम का बझाङ्ग, बैतडी, डडेल्धुरा डोटी, दार्चुला, अछाम जिल्लाका विभिन्‍न गाउँहरुबाट संकलित शब्द तथा पाठ संग्रहमा आधारित भएको देखिन्छ। जुन सात नं. प्रदेशको प्रादेशिक भाषा निर्धारण गर्नको लागि भाषा आयोगलाई एउटा महत्वपूर्ण कोशेढुंगा हुन सक्छ।

जिल्ला समन्वय समिति तथा स्थानीय गाउँ र नगरपालिकाहरुको सहयोगमा २ वर्ष भित्र डोट्याली भाषाको बृहत् शब्दकोष निर्माण गर्ने अभियानमा पक्तिकार पनि एउटा प्राविधिक सहयोगीको रुपमा सम्मिलित हुन पाउनु निकै खुशीको कुरा हो। समग्रमा भन्दा महाकाली साहित्यि संगम र यसले गरेका कार्यहर अन्य क्षेत्रको भाषिक सांस्कृतिक र साहित्यिक योगदानमा उदारहणीय बन्‍ने कुरामा दुई मत नहोला।

सुदूरपश्‍चिम को अर्को महत्वपूर्ण शहर तथा वर्तमान ७ नं. प्रदेशको सदरमुकाम धनगढीमा पंक्तिकारले गरेको सर्वेक्षण, अन्तर्वाता तथा छलफलमा धेरै नयाँ भाषिक अपशरणका अवधारणाहरु आएको भेटियो। खास गरी ३० वर्ष पहिलेको धनगढी र अहिलेको धनगढीमा धेरै कुराहरु मा परिवर्तन पाइयो।

३० वर्ष पहिले यो क्षेत्रको सम्पर्क र बोलिचालीको भाषा डोट्याली र यसका अरु मिश्रित भाषिकहरु हुन्थे। नेपाली भन्दा हिन्दी भाषाको प्रायेग आम मानिसमा बढी देखिन्थ्यो। तर अहिले विकास, सञ्‍चार, व्यवसाय तथा बसाईसराईको कारणले गर्दा अधिकांश मानिसहरु नेपाली भाषालाई सम्पर्क भाषाको रुपमा प्रयोग गर्ने तथा घर व्यवहार, स्थानीय बैठक र व्यापार व्यवसायमा परिमार्जित डोट्याली भाषाको प्रयोग भैरहेको भेटियो।

नेपालका शहरी क्षेत्र तथा तराई प्रदेशमा नेपालीसँगै हिन्दी भाषाको प्रयोग बढीरहेको अवस्थामा सुदूरपश्चिम क्षेत्रमा नेपालीसँगै डोट्याली भाषाको प्रयोग र चाख बढ्नुले जनमानसमा भाषाप्रतिको सोचाइ सैद्धान्तिक कुराहरुमा मात्र भर पर्दो रहनछ भन्ने कुरा प्रमाणित हुन्छ।

केही वर्ष पहिले स्थानीय भाषाहरु जस्तै डोट्याली, अछामी, बझाङ्गी, राना आदि बोल्दा समाजमा आफूलाई अपहेलित महशुस गर्नै मानिसहरु आज गर्वसाथ आफ्नो भाषाको प्रयोग, संरक्षण तथा सम्बर्धनको अधियानमा लागेको देख्दा सुदूरपश्‍चिम प्राकृतिक रुपमा मात्रै नभएर भाषिक एवं सांस्कृतिक विविधताले भरिएको प्रष्ट हुन्छ।

सम्पर्क, शिक्षा तथा प्रविधिको विकासले नेपाली र अन्य स्थानीय भाषाहरुमा आएको परिवर्तन तथा अपशरणलाई सकरात्मक रुपले स्वीकार तथा मनन गरी यस क्षेत्रमा आएका अन्य स्थानीय भाषा भाषिकाहरु जुन सुदूरपश्‍चिम का ९ जिल्लाहरुमा फरक फरक किमिसबाट बोलिन्छन्। तिनीहरुको संरक्षण तथा अभिलेखीकरण गर्ने कार्यमा राज्य तथा भाषा आयोग एवं नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले सहयोग गरेमा नेपालको समृद्धि र विकास असम्भव छैन्।

अंग्रेजी भाषाप्रतिको मोह तथा डेउडा संस्कृति प्रतिको वितृष्णालाई समायोजन गरी मिश्रित संसकृतिलाई नयाँ पुस्तामा प्रयोग तथा आकर्षण गर्न सक्नु नै सुदूरपश्‍चिम का भाषा, साहित्य र संस्कृति प्रेमी महानुभावहरुको मुख्य कार्य हुनु पर्दछ।

सुदूरपशिचम क्षेत्र विशेष गरी कैलाली र कञ्चनपुर जिल्लामा लगभग साढे २ लाख मान्छेले बोलिने राना थारु भाषाको अध्ययन अनुसन्धान गर्नुपर्ने आवशयकता महसुस भयो। भाषा आयेगले गरेको राना थारु भाषाको लोकवार्ता तथा संस्कृति संकलन सम्बन्धि कार्यक्रममा यो पंक्तिकार सहभागी हुँदा राना संस्कृति नेपालको थारु संस्कृति भन्दा अलिकति पृथक तथा भाषा पनि फरक भएको पाइयो। नेपाल सरकार तथा सम्बन्धित मन्त्रालय एवं स्थानीय निकायहरुले यो कुरालाई मनन गरी राना समुदायभित्र लुकेका र अध्ययन हुन बाँकी तथ्यहरुलाई बाहिरी एवं बौद्धिक संसारमा ल्याउनु जरुरी छ।

विभिन्‍न किसिमका एनजीओ तथा आइएनजीओले सञ्‍चालन गरेका विकासे कार्यक्रमहरुले यहाँको स्थानीय भाषा र संसकृतकिो संरक्षण र सम्बर्धन गर्न सकिदैन। बरु रानाहरुलाई उनीहरुको संस्कार र संस्कृति को परिमार्जन तथा परिवर्तन गराउन प्रेरित गर्दछन्। त्यसैले रानाहरुलाई राजनैतिक पार्टी र नेताहरुको खेलमा मात्र झुलाउनु भन्दा राज्यले नै विशेष अभियान चलाएर उनीहरुको भाषा र संस्कृति जोगाउनु श्रेयष्कर हुन्छ।

अर्कोतर्फ सुदूरपश्चिममा बोलिने अन्य भाषाहरु जस्तै राउटे (राजी व्यासी, बझाङ्गी, अछामी, बैतडेली इत्यादीलाई पनि नेपाल सरकार संस्कृति मन्त्रालय, भाषा आयोग र अन्य सरोकारवालाहरुसँग समन्वय गरेर नयाँ जागरण ल्याउनु आवश्‍यक छ। नत्र भने हामी एकातर्फ भाषिक, सांस्कृतिक पहिचानको कुरा गर्दै जान्छौं,अर्कतिर हाम्रा मौलिक संस्कृति र सभ्यताहरु परिमार्जित हुँदै लोप हुन्छन्। हामीले सुनेको डाइनोसरको कथा र देखेको कसुण्डा र दुरा भाषाको स्थिति पनि यस्तै यस्तै हो।

सुदूरपश्चिममा भएका र भइरहेका यस्ता महत्वपूर्ण र प्रसंशनीय कार्यहरुले मोफसल तथा स्थानिय स्तरका चाहना र विविधताले समग्र मुलुकको भाषिक तथा सांस्कृतिक नीति निर्माण तहमा पनि महत्वपूर्ण योगदान हुने कुरामा दुई मत छैन। भर्खरै गठित बलियो र स्थाई सरकारले यस्ता दुर दराजमा भरहेका क्रियाकलापहरुको अध्ययन, अनुसन्धान र मूल्यांकन गर्नु बाञ्‍छनीय देखिन्छ।

(गौतम त्रिभुवन विश्‍वविद्यालय, भाषा विज्ञान, केन्द्रिय विभागका उपप्राध्यापक हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?