
सिमकोट – धार्मिक स्थल खार्पुनाथमा धार्मिक तथा प्राविधिक विद्यालयको निर्माण कार्य सुरु भएको छ। सार्वजनिक स्थलमा व्यक्तिले निर्माण गरेका घरटहराहरु भत्काएर विद्यालय निर्माण कार्य अगाडि बढाइएको हो।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलका अनुसार पवित्र धार्मिक स्थल कर्णाली र दोजाम कर्णाली नदीको दोभान खार्पुनाथ शिवालय क्षेत्रमा व्यक्तिले आफुखुसी निर्माण गरेका घरटहरा भत्काएर विद्यालयको निर्माण कार्य सुरु गरिएको हाे।
सो जग्गामा २० वर्ष भन्दा बढी समय स्थानीयले घरटहरा बनाएर व्यापार व्यवसाय गर्दै आएका थिए। उनले २० रोपनी जग्गा रहेको सो क्षेत्रमा निर्माण गरिएका १५ वटा घरटहरा भत्काएर धार्मिक तथा प्राविधिक शिक्षालयको निर्माण कार्य सुरु गरिएको बताए।
कर्णाली प्रदेशसभाका सदस्य जीवनबहादुर शाहीले प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख बजेट विनियोजित गरेकोले विद्यालय भवनको निर्माण कार्य सुरु भएको हो।