मंगलग्रहको ढुंगाको नमूना लिने तयारीमा नासाको यान

मंगलग्रहको ढुंगाको नमूना लिने तयारीमा नासाको यान
+
-

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले पठाएको यान पर्सिवरेन्स रोवरले मंगलग्रहको पहिलो नमूना लिने तयारी गरेको छ । रोवरमा रहेको औँला आकारको ‘कोर’ ले मंगलग्रहको ढुंगाको नमूना लिने भएको हो ।

यसरी लिइएको नमूना ट्युबमा राखेर शिल गरिने छ र त्यो अन्ततः पृथ्वीमा ल्याइने छ । मंगलग्रहमा कुनै पनि बेला प्राणी वा कुनै पनि प्रकारको जीवन थियो–थिएन भन्ने जान्नका लागि सतहको नमूनाको अध्ययन सुविधा सम्पन्न प्रयोगशालामा हुनु पर्ने र त्यसले राम्रो जवाफ दिन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

पर्सिवरेन्स रोवर गएको फेब्रुअरीमा मंगल ग्रहमा अवतरण गरेको हो । स्याटेलाइट तस्बिरहरुमा देखिए अनुसार मंगलग्रहको सतहमा कुनै समय ताल रहेको जस्तो देखिन्छ ।

त्यहाँबाट संकलन गरिने नमूनाले विगतमा कुनै प्रकारको प्राणी वा वनस्पति रहेको भए जिवाष्म मार्फत जानकारी दिन सक्ने वैज्ञानिकले बताएका छन् ।

पाँच महिनाअघि अवतरण गरेको स्थानबाट नासाको रोबर्टले झण्डै एक किलोमिटर यात्रा गरेको छ । अहिले सो रोबर्ट पेभर स्टोन्स भएको स्थानमा रोकिएको छ र त्यहिँबाट नमूना लिने छ । वैज्ञानिकहरु सो ढुंगाको अध्ययन गर्न चाहन्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?