हुम्लाको ताँजाकोटमा इन्टरेट सेवा अवरुद्ध

हुम्लाको ताँजाकोटमा इन्टरेट सेवा अवरुद्ध
+
-

सिमकोट–  जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिकाको कामकाज ठप्प भएको छ।

वर्ल्ड लिंक कम्युनिकेसन प्रालिको इन्टरनेटको डिभाइसमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो। असार २९ गतेबाट अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु नहुँदा आर्थिक वर्षको अन्त्यमा गाउँपालिकाका काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए।

विभिन्न योजना र अन्य विकासे गतिविधिको चेक काट्ने काम भए पनि साट्न नपाएको सेवाग्राहीको गुनासो छ। असार ३० गते अदानचुली गाउँपालिकामा गएर काम गरे पनि उता काम बढी भएका कारण काम नभ्याएको उनले गुनासो गरे।

इन्टरनेट समस्याले हिसाब मिलान गर्न नसकेर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रतिवेदन पठाउन नसकिएको गाउँपालिकाले जनाएको छ।

सूत्रमार्फत काम गर्नुपर्ने भएका कारण हालसम्म गाउँपालिकाले खर्च निकाल्न र फ्रिज रकमबारे पनि भन्न नसकिएको उनले बताए।  वर्ल्ड लिंकलाई खबर गरेर जुम्लाबाट कर्मचारी आइपुगे पनि इन्टरनेट बन्न नसकेको उनले गुनासो गरे।

यसअघि असार तेस्रो हप्ता अवरुद्ध भएको इन्टरनेट सेवा केही दिन चालु भएर पुनः बिग्रिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?