९९ वर्षमा सत्यमोहन जोशी

अझै सक्रिय, अझै लेख्दै

अझै सक्रिय, अझै लेख्दै
+
-

काठमाडौं-चढेको उमेरको उकालो फर्केर हर्‍यो भने ठूलो भिर देखिन्छ। चढ्दै गरेको उमेरसँगै उनले कर्म र त्यसले समाजलाई दिएको गुन भुलिनसक्नु छ ।

कला, संस्कृतिको अध्ययन तथा अनुसन्धानमा उनले दिएको योगदान निकै भरिलो छ । उनी अर्थात शताब्दी पुरुष सत्यमोहन जोशी ।

संस्कृतिविद जोशी आइतबारदेखि ९८ वर्ष पुगेर ९९ वर्ष लागेका छन् । तर उमेरको शतक पूरा गर्न एक खुड्किलो बाँकी हुँदा पनि उनको सक्रियता अझै उस्तै छ ।

कहिले काहिँ अन्‍न पानीको शरीरले त्यति साथ दिँदैन । तर उनको आँटले सधैँ साथ दिएको छ । आइतबार बिहानै जन्मदिनको शुभकामना दिन फोन गर्नेहरुको लहर नै चलेका बेला उनले आफ्नो नयाँ कामको कुरा पनि सुनाए ।

संस्कृतिविद् जोशी अहिले लोक लहरी नामक पुस्तकको काममा व्यस्त छन् । साझा प्रकाशनले प्रकाशित गर्ने तयारी गरेको पुस्तक यो वर्ष पूरा गर्ने उनको योजना छ । यसमा नेपाली लोक कला सँस्कृतिका बारेमा अनुसन्धानात्मक कुरा समेट्ने प्रयास गरेको संस्कृतिविद जोशीले बताए ।

यसअघि गएको वर्ष उनको अनुसन्धानात्मक पुस्तक ‘नेपाली कलाको रुपरेखा’ आएको थियो । प्राचिन र मध्यकालीन नेपाली वास्तुकला, चित्रकला र मूर्तिकला सम्बन्धी लामो समयको अनुसन्धानपछि तयार भएको पुस्तक हो ‘नेपाली कलाको रुपरेखा’ ।

त्यो पुस्तकमा नेपाली कलाको पहिचान तथा सभ्यता चिनाउने प्रयास गरेका जोशीले अब नयाँ पुस्तक लोक ललहरी मार्फत नेपाली लोक कला तथा लयलाई एकीकृत गर्ने प्रयास गरेका छन् । उनले यसअघिको पुस्तक नेपाली कलाको रुपरेखामा नेपाली कलाको चीन र भारतसँग तुलनात्मक अध्ययन गरेका छन् ।

संस्कृति तथा लोक कलासम्बन्धी अनुसन्धानात्मक कृतीका लागि तीनपटक मदन पुरस्कार पाएका जोशी अहिले पनि नयाँ पुस्तकका लागि प्रयासरत छन् ।

झण्डै ५० पुस्तक लेखेका जोशीले २०१३ सालमा ‘नेपाली लोक सँस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उहाँले मदन पुरस्कार पाएका थिए ।

मदनपुरस्कार विजेता जोशीलाई ललितपुर महानगपालिकाको केही महिनाअघि गाडी, सुरक्षाकर्मी तथा टेलिफोनसहितको सुविधा दिएको थियो । उनको योगदानको कदरका लागि सानो प्रयासमा मात्रै रहेको ललितपुरका मेयर चिरिबाबु महर्जनले बताएका छन् ।

तिथि अनुसार जोशीको जन्मदिन चार दिनअघि परेकाले आफूहरुले त्यो बेला नै मनाएको र आइतबार चाहिँ त्रिमूर्ति निकेतनले उनको सम्मानमा विशेष कार्यक्रम गर्न लागेको मेयर महर्जनले बताए ।

नगरपालिकाले जोशीको १०० औँ जन्मदिन भने उत्सवको रुपमा मनाउने र त्यसका लागि आफ्नै नेतृत्वमा समिति गठन गर्ने तयारी भएको पनि मेयर महर्जनले बताएका छन्। यस्तै जोशीको नाममा प्रतिष्ठान खोल्नका लागि गृहकार्य पनि भइरहेको छ ।

९८ वर्षअघि बुवा डिशंकरदास जोशी र राजकुमारी देवीको सन्तानको रुपमा जन्मेका जोशीले आफूलाई समाजले दिएको सम्मानले कम्तिमा १०० वर्ष बाँच्‍नका लागि उर्जा दिएको बताउने गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?