तीर्थबहादुर श्रेष्ठले चिनेका सत्यमोहन जोशी

सहकर्मीले खोले सत्यमोहन जोशीको दीर्घायुको रहस्य

सहकर्मीले खोले सत्यमोहन जोशीको दीर्घायुको रहस्य
+
-

काठमाडौँ–शताब्दीपुरुष सत्यमोहन जोशी आजबाट ९९ वर्ष लाग्नुभयो। ९८ वर्ष अगाडि बुबा डिशंकरदास जोशी र राजकुमारी देवीको सन्तानको रुपमा जोशी यो संसारमा आउनुभएको थियो। नेपाली संस्कृति र लोक कलासम्बन्धी अनुसन्धनात्मक कीर्तिका लागि उहाँको योगदान अतुलनीय छ ।

५० भन्दा धेरै पुस्तक लेखेका जोशीले प्रकाशित गरेका तीन कृतिले मदन पुरस्कार पाएका छन्।

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले पहिलोपटक सत्यमोहन जोशीलाई राजकीय प्रज्ञा प्रतिष्ठानमा भेटेका थिए। यो २०३५ सालको कुरा हो। ६ वटा विषयमा ५ वर्षे अध्ययन अनुसन्धान हुन्थ्यो। सत्यमोहन कलातर्फ आएका थिए भने तीर्थबहादुर श्रेष्ठ विज्ञानतर्फ।

तर, तीर्थबहादुर श्रेष्ठ प्रज्ञा प्रतिष्ठानामा जाँदा जोशीको पाँच वर्षको अध्ययन गर्ने समय सक्किएको थियो। उहाँहरु दुवै प्रतिष्ठानको आजीवन सदस्य पनि हुनुहुन्छ। तीर्थबहादुरको लागि सत्यमोहन जोशी व्यावसायिक जीवनमा सहयोगी अग्रज हुन् तर उहाँहरुको पारिवारिक नातासम्बन्ध पनि छ।

प्रज्ञा प्रतिष्ठानमा हुँदा श्रेष्ठको भेटघाट जोशीसँग धेरै हुन्थ्यो। श्रेष्ठका सहपाठीहरु मणिराज पन्त, बालकृष्ण पोख्रेल, भूपि शेरचन पनि हुन्। ‘भूपीजी भन्नुहुन्थ्यो, नेपालको धेरै ठाउँमा आउनेलाई ताली र जानेलाई गाली दिने चलन छ, यो प्रथा परवर्तन गर्नुपर्छ,’ श्रेष्ठ सम्झन्छन्, ‘हामीले हामीभन्दा अग्रजसँग सल्लाह सुझाव लिन कहिले छोडेनौँ र सल्लाह दिनमा जोशी कहिल्यै झिँजिनुभएन।’

जोशीको व्यावसायिक र व्यक्तिगत जीवनमा सधैँजसो श्रेष्ठ जोडिन्छन्। नातेदार हुनुअगाडि चिन्दा जोशी खोजका किरा थिए। भेटघाटमा पनि मौलिक संस्कृति कलाको बारेमा कुरा हुन्थ्यो।

जोशीले जोड दिने केही कुराहरु साँच्चै नै राम्रो लागेको थियो श्रेष्ठलाई, ‘उनी भन्थे नेपालको मौलिकतामा खोजी गर्ने कुरा धेरै छन्, अरु विषयमा कुरा गर्ने धेरै छन् यसमा कम मात्र।’ जोशीले कर्णालीमा गएर त्यहाँको संस्कृति गरेको अध्ययन र लेखबाट श्रेष्ठले विद्यावारिधिको शोधपत्र पनि तयार पारेका थिए।

तीर्थबहादुर श्रेष्ठले जोशीको परिचय दुई अर्थमा समेट्छन्, ‘सादा जीवन, उच्च विचार, उनले आफ्नो जीवनलाई सकेसम्म सरल बनाएका छन् र सोचाइलाई उच्च। हरेक कार्यक्रममा हिँडेर पुग्छन् उनी। आफ्नो धरातल छोडेनन्, र सोचाइको उचाइ सगरमाथा भन्दा अग्लो।

समयअनुसार ढाल्न सक्नु उनको अर्को विशिष्ट गुण हो।’ श्रेष्ठले एक घटनाको स्मरण गरे, ‘अघिल्लो साताको मात्र कुरा हो, नातिको विवाहको कुरा छिन्न जाँदा त्यहाँ जन्म, तिथी, मिती, जातको कुुरा निस्कियो। जोशीले तीन कुरा मिल्यो भने चौथो कुरा नल्याऊ भन्नुभयो र कुरा नै टुंगियो।’ जोशीले भन्नुभएको थियो, केटा मिल्यो, केटी मिली र साइत श्रीपञ्चमी भयो।’

उमेर बढ्दै जाँदा शरीरले कतिपय खानेकुरा सहदैन, त्यहि भेटघाटमा खाजा खाँदा जोशीको लागि छुट्टै खानेकुराको व्यवस्था गर्नुपरेन। उहाँको खाना सबैको जस्तै थियो र जोशीले सामान्य रुपमा नै सबै खानेकुरा खानुभयो।

तीर्थबहादुर श्रेष्ठ।

कमै मानिसमात्र १०० वर्ष सम्म बाँच्न अनि समाजमा योगदान दिन सक्छन्। जोशी तिनै मध्येका एक हुन्। उनी सय वर्ष पुग्न अब एक वर्षमात्र बाँकी छ। अहिले पनि नयाँ पुस्तकको लागि काम गरिरहनुभएको छ, मिडियामा लेख पनि लेखिरहनुभएको छ। यतिका वर्षसम्म सक्रिय हुनुको केही कारणहरु श्रेष्ठले कोट्याउनुभएको छ।

‘जोशीको जंकु गर्दा जोशी आमाको काँखमा हुनुहुन्थ्यो, उहाँको वंशाणु गुण पनि राम्रो छ।’ यी बाहेक उहाँको स्वास्थ्यको राज हिँडाइ पनि हो। केही समय मात्रै भयो जोशीले गाडी चढ्नुभएको। ललितपुर महानगरपालिकाले उहाँलाई चैतमा गाडी उपहार दिएको हो।

उनी सरल व्यक्तित्व हुन् र सरल खाना खान्छन्। यसैले उनलाई दिर्घायु दिएको हुनसक्छ। हुन त आवेगमा नआउने, नआत्तिने उनको टेन्सनफ्री स्वभाव पनि यसको जड हुनसक्छ।

कारण जे सुकै होस् शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिर्घायुको कामना र ९९ औँ जन्मदिनको धेरै धेरै शुभकामना।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?