काठमाडौं – ललितपुरको लुभुमा रहेको एक प्याकिङ्ग उद्योगमा आगलागी हुँदा २ करोड २० लाख भन्दा बढीको क्षति भएको छ ।
महालक्ष्मी नगरपालिका–७ चाँगाथली नर्कट्टेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा आइतबार राति साढे १० बजेतिर आगो लागेको लुभु प्रहरी चौकीले जानकारी दिएको छ ।
आगलागीबाट उद्योगमा रहेका १२ वटा मेसिन जलेर नष्ट भएको र अरु सामान पनि जलेको प्रहरी जवान वीरेन्द्र खड्काले जानकारी दिए ।
दिनेश सुवेदीको उद्योगमा लागेको आगो काठमाडौं र ललितपुरका दमकल तथा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा राति २ बजे तिर निभइएको हो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।