एनआरएनले गर्‍यो पुँजी बजारमा १० अर्ब लगानी गर्ने प्रस्ताव

+
-

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधि पुँजीबजारमा लगानी गर्न वातावरण बनाइदिन नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन्।

बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीसहितका पदाधिकारीलाई भेटेका एनआरएन प्रतिनिधिले पुँजी बजारमा लगानी गर्न आफूहरु इच्छुक रहेको बताए।

गैरआवासीय संघका अध्यक्ष भवन भट्ट र पूर्वअध्यक्ष जीवा लामिछानेसहितको टोलीले पुँजी बजारमा १० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ।

एनआरएनले व्यक्तिगतभन्दा पनि संस्थागत लगानी गर्ने बिषयमा जोड दिएको बाेर्डले जनाएको छ। उनीहरुले एउटा संस्थामार्फत संसारभरि रहेका गैरआबासीय नेपालीको रकम पुँजी बजारमा लगानी गर्ने योजना सुनाएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

एनआरएन टोलीको प्रस्तावलाई बोर्डले सकारात्मक रुपमा लिएको उनले बताए। गिरीले विदेशी लगानीसम्बन्धी प्रस्तावित विधेयकले एनआरएनले नेपालमा लगानी गर्न सक्ने आधार स्पष्ट पारेको भन्दै संसदबाट विधेयक पारित भएपछि एनआरएनलाई लगानीको बाटो खुल्ने बताए।

धितोपत्र बोर्डले यसअघि पनि गैरआवासीय नेपालीलाई पुँजीबजारमा प्रवेश गराउन बोर्डका प्रवक्ता निरज गिरीको संयोजकत्वमा अध्ययन समिति बनाई छलफल अगाडि बढाएको थियो।

उद्योग मन्त्रालयले निर्माण गरेको विदेशी लगानीसम्बन्धी ऐन पारित नभएकाले एनआरएनको पुँजी बजारमा प्रवेशको समय लम्बिएको गिरीले बताए।

उद्योग मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले मन्त्रालयले तयार गरेको विधेयक मन्त्रिपरिषद्बाट पारित भई सदनमा पेश भएको तर संसद विगठन भएपछि ऐन पारित हुन नसकेको जानकारी दिए।

एनआरएन प्रतिनिधिले नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा पनि देशको समग्र आर्थिक विकासका लागि लगानी गर्न चाहेको भन्दै पुँजी बजारमा लगानीको उपयुक्त माध्यम र सहज वातावरण बनाइदिन आग्रह गर्दै आएका छन्।

यो पनि हेर्नुहोस्:

बुढीगण्डकी जलविद्युत को लगानी स्रोत अध्ययन सकियो

प्रदेश सरकारका लागि २८ करोड ‘इस्टिमेट’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?