
काठमाडौं – भारत सरकारले भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा रहेका बेला क्यान्सर बिरामीको उपचारका लागि भाभाट्रोन रेडियो थेरापी उपकरण दिने बताएका हुन् ।
होटल द्धारिकाजमा भएको कार्यक्रममा भारतीय प्रधानमन्त्रीले क्यान्सर रोगको बिरामीको उपचारका लागि ‘भाभाट्रोन रेडियो थेरापी’ उपकरण सहयोग गर्ने घोषणा गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा सहयोगमा पुर्याउने हेतुले भक्तपुरस्थित क्यान्सर अस्पताललाई उक्त उपकरण दिने घोषणा गरेका हुन् ।