माधव समूहका नेताहरु झरेकाे दाँत जस्ता: महेश बस्नेत

माधव समूहका नेताहरु झरेकाे दाँत जस्ता: महेश बस्नेत
+
-

काठमाडाैँ – नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आग्रहललाई कमजोरी नठान्न चेतावनी दिएका छन्।

उनले एमाले बलियो भए मात्रै नेताहरु पनि बलिया हुने आशय व्यक्त गर्दै पार्टीमा फर्केर जिम्मेबारी निर्वाह गर्न माधव समूहमा रहेका नेताहरुलाई आग्रह गरे।

मुखमा रहेसम्म दाँतको महत्व हुने भन्दै उनले मुखबाट झरेपछि दाँत मात्र एक हाडका रुपमा रहने बताए।

साउन २५ गतेको बैठकअघि एमालेमा नफर्कनेहरुको हालत झरिसकेको दाँत जस्तै हुने उनले बताए।

बस्नेतले मन्त्री तथा विभिन्न ठेक्कापट्टाको प्रलोभनमा परी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गएका २२ सांसदहरु एमालेमा फर्कने आशा व्यक्त गरे।

उनीहरु एमालेमा नफर्के ‘धोबीका कुत्ता घरका न घाटका’ जस्तै हुने पनि बस्नेतले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?