व्यङ्ग्य गजल

सान यता उता

सान यता उता
+
-

जति बोल नसुन्ने कान यता उता
सधैँ खोज्ने स्तुति गान यता उता।।

गुणगान गाउनु पर्ने जसो गरे पनि
नमाने हुकुम चल्छ हान यता उता।।

मिठा कुरा देख्यो कि मुख रसाउने
जिब्रो सल्बलाउँछ खान यता उता।।

सहयोग राहतको आकाशमा नजर
दुःखी आशै आशमा दान यता उता।।

खान्की गए सबै लिलाम बढाबढमा
थैली ठूला बोकेका छान यता उता।।

पढ्यो गुन्यो हातमा कागतका मुठा
ल्याप्चेले पाए आज मान यता उता।।

दलदल जताततै उम्कौँ कसो गरि
चलौँ गोडा नचल्ने जान यता उता।।

डेग नचले मेचमा ठोकिएका किला
सनासोले अँठ्याएर तान यता उता।।

फेरि पनि दैलो दैलो भैलो खेल्नु पर्ला
कहिलेसम्म देखाउने सान यता उता।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?